3 years ago
April 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ को सातौं इभेन्ट सूर्य नेपाल एनपिजीए टुर च्याम्पियन्सिप गोकर्ण गल्फ क्लबमा सोमबारदेखि सुरु हुँदैछ ।

चार दिन चल्ने प्रतियोगितामा ७२ होलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ३२ व्यवासायिक गल्फर र ८ एमेच्योरलेे सहभागिता जनाउने छन् । सुरुवाती ३६ होलपछि शीर्ष २१ प्रो र शीर्ष ६ एमेच्योरले कट बनाउने छन् ।
प्रतियोगिताको कुल पुरस्कार रकम ८ लाख रुपैयाँ रहेको छ । उपाधि विजेताले १ लाख ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ९० हजार तथा तेस्रो ६७ हजार रुपैयाँमा चित्त बुझाउनेछन् । शीर्ष २१ प्रो खेलाडीले पुरस्कार प्राप्त गर्नेछन् ।
व्यावसायिक गल्फर भुवन नगरकोटी, जयराम श्रेष्ठ र धनबहादुर थापालाई यसपटक एमेच्योर गल्फरद्वय सद्भाव आचार्य र सुभाष तामाङले उपाधिका लागि कडा चुनौती प्रस्तुत गर्ने अनुमान छ । सद्भाव पछिल्लो इभेन्टमा च्याम्पियन बनेका थिए । नेपाल नम्बर १ शुक्रबहादुर राई भारतको व्यवासायिक टुरमा व्यस्त रहेकाले यसमा खेल्ने छैनन् ।
एमेच्योर गल्फरका लागि भने यो प्रतियोगिता विश्व वरीयतामा पनि प्रभाव पार्नेछ । एनपिजीएका महासचिव दिपक आचार्यका अनुसार टुरको अन्तिम दुई इभेन्ट एमेच्योरको विश्व वरीयतामा समावेश भएको बताए । यसबाहेक नेपाल गल्फ संघले विश्व वरीयतालाई ध्यानमा राख्दै टुरको समाप्तिपछि एमेच्योर प्रतियोगिता आयोजना गर्ने पनि उनले जानकारी दिए ।
एनपिजीएका अध्यक्ष रविन्द्र मान श्रेष्ठले व्यावसायिक गल्फरलाई एमेच्योरले चुनौती दिनुले गल्फ विकासका सहयोग पुगेको बताए । उनले सूर्य नेपाल प्रालिलाई निरन्तर प्रायोजनका लागि धन्यवाद व्यक्त गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]