default_image

8 months ago

July 8, 2023

उपाधि दाबेदार आर्मीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता पहिलो खेलमा सैलुङ बागडुङ्गा स्पोर्ट्स क्लबलाई सोझो सोटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषतर्फ पहिलो खेलमा आर्मीले सैलुङलाई २५-८, २५-१३ र २५-१७ ले पराजित गरेको […]

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता पहिलो खेलमा सैलुङ बागडुङ्गा स्पोर्ट्स क्लबलाई सोझो सोटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषतर्फ पहिलो खेलमा आर्मीले सैलुङलाई २५-८, २५-१३ र २५-१७ ले पराजित गरेको हो । पहिलो सेट आर्मीले एकपक्षीय जित हात पार्यो ।

दोस्रो सेटमा सैलुङले केहि आशा देखाएको थियो । सैलुङका नविन महतोले तीन उत्कृष्ट स्पाइकमा अंक दिलाएका थिए । तेस्रो सेटमा भने आर्मीले आफ्ना पहिलो रोजाईका खेलाडीलाई विश्राम दिएको थियो । बेन्चमा भएका खेलाडीलाई पुरै सेट खेलाएकोे थियो

आजनै भएको महिलातर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१०, २५–१०, २५–११ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पुरुषतर्फ प्रतियोगितामा टिप टम हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल टेक्निकल सेन्टर छन् । महिला र पुरुष दुवैतर्फको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

दिनको तेस्रो खेलमा दिउँसो १२ बजे नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । गण्डकी यस पटक तीन भारतीय खेलाडीका साथ आएको छ । दिनको अन्तिम खेलमा आज दिउँसो २ बजे एपिएफ र दावालीबीच प्रतिस्पर्धा हुनेछ ।

February 25, 2024

नेपालले टस हार्यो, टोलीमा २ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो । आज नेपाली टोलीमा दुई परिवर्तन भएको छ । देव खनाल र सोमपाल कामीले विश्राम पाउँदा गुलशन झा र […]

February 25, 2024

म्यानचेस्टर सिटी र आर्सनलको‌ जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा उपाधि दौडमा रहेका म्यानचेस्टर सिटी र आर्सनल शनिबार विजयी भएका छन् । सिटीले फिल फोडेनको गोलमा बर्नमाउथलाई १-० ले पराजित गरेको छ । उनले २४ औं मिनेटमा गोल गरे । आर्सनलले न्युकासल युनाइटेडलाई ४-१ ले पराजित गर्यो । स्भेन बुटमनले १८औं मिनेटमा आत्मघाती गोल गरेपछि आर्सनलले अग्रता लियो। काइ हाभार्टले […]

February 25, 2024

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्षस्थानमा रहेर अन्तिम चारको यात्रा पक्का गरेको हो । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो […]

Success

Thank you for your time.