2 years ago
July 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो खेलमा पराजित भएको छ । गण्डकी आइतबार नेपाल एपिएफ क्लबसँग ३(१ को सेटमा पराजित भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा एपिएफ २१-२५, २५-२१, २५-२३ र २५-१७ ले विजयी भएको हो । पहिलो सेटमा गण्डकीले १५-१८ को नतिजाबाट पूनरागन गर्दै १८-१८ बराबरीमा पुर्याएको थियो । त्यो समय सम्म गण्डकी सेटमा पछि थियो । लगातार चार अंक जोडेपछि गण्डकीले पहिलो सेटमा जितको आधार तय गरेको थियो ।
दोस्रो सेटमा गण्डकी १-६ मा थियो । उक्त अवस्थाबाट सानदार पूनरागमन गर्दै ७-७ को बराबरी गरेको थियो । निकै प्रतिस्पर्धात्मक सेटमा १३-१३ को बराबरीबाट एपिएफले लगातार चार अंक जोडेपछि सेटमा अग्रता लिँदै जितको आधार तय गरेको थियो । तेस्रो सेट पनि निकै उच्च प्रतिस्पर्धा रह्यो ।
चौथो सेटमा एक समय गण्डकी खेलमै थियो । गण्डकी १३-१५ को अवस्थामा थियो । तर उक्त अवस्थाबाट एपिएफले लगातार ८ अंक जोडेपछि गण्डकीको जितको सम्भावना सकिएको थियो । एपिएफको जितमा विजय थापा प्लेयर अफ म्याच चुनिए । एपिएफलाई जिताउन विजय, टेकराज अवस्थी र हेमन्त मल्लको प्रदर्शन उच्च रह्यो ।
उता तीन भारतीय खेलाडी सम्मिलित गण्डकी लगातार दोस्रो हारका साथ दबाबमा परेको छ । पहिलो खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग २-३ को सेटमा पराजित भएको थियो । गण्डकीमा आएका तीन भारतीय कुमार थारुन, जोजेबिन र कन्चन नविन मञ्जुनाथको प्रदर्शन सोचे जस्तो रहन सकेन । रवि केसी र हिमाल सुनारीको जोडीले जिताउन प्रयास गरेपनि सफल हुन सकेनन् ।

गण्डकीले आफ्नो तेस्रो खेल सोमबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । एपिएफले पहिलो खेलमा दावाली मिलनलाई ३-० को सोझो सेटमा हराएको थियो । एपिएफले मंगलबार सैलुङसँग खेल्नेछ ।
आज नै भएको पहिलो खेलमा टिपटप हेल्प नेपालले सैलुङमाथि २५-१२, २५-१५ र २५-१९ को सहज जित हात पारेको हो । तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले खेलमा एकल प्रदर्शन गरेको थियो ।
पाकिस्तान भलिबल टोलीका कप्तान अैमल खान र मजहर अलीको स्पाइक र सर्भिस सामु सैलुङका खेलाडी कमजोर देखिएका थिए । आजको दोस्रो खेलमा त्रिभुवन अर्मी क्लबले दावाली मिलनमाथि सोझो सेटमा जित हात पार्यो ।
आर्मीले २५-१९, २५-११ र २५-२० को सोझो सेटमा हात पारेको हो । आज अव महिलातर्फ खेल हुनेछन् । महिलातर्फ केहि समयमा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ४ बजे न्यु डायमन्ड र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । दिनको अन्तिम खेलमा ६ बजे पुलिस र एभरेष्टबीच प्रतिस्पर्धा हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]