2 years ago
July 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमण्ड स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

आफ्नो पहिलो खेलमा न्यू डायमण्डले गण्डकीमाथि २५-१७, २५-१६ र २५-१५ को जित हात पारेको हो । नियमित कप्तान ललिता नाथले यसअघिनै अव भलिबल खेल नखेल्ने जनाएकी थिइन् । न्यू डायमण्डको कप्तानी प्रतिभा मालीले गरेकी थिइन् ।
मालीको यो पूनरागमन खेल थियो । तर माली पहिलो सेटपछि पुन कोर्ट प्रवेश गरिनन् । युवा खेलाडीलाई मैदान उतारेको थियो । उता अरुणा शाहीको कप्तानीमा रहेको गण्डकीले केहि प्रतिस्पर्धा गरेको थियो ।
न्यु डायमण्डले सोमबार बिहान १० बजे एभरेष्ट भलिबल क्लबसँग खेल्नेछ । उता गण्डकी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । आजको अन्तिम खेलमा नेपाल पुलिस क्लब र एभरेष्ट क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
पुरुषतर्फ प्रतियोगितामा टिप टम हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब छन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल टेक्निकल सेन्टर छन् । महिला र पुरुष दुवैतर्फको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]