default_image

2 years ago

July 10, 2023

न्यु डायमण्डको लगातार दोस्रो जित

341 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । न्यु डायमण्डले एभरेष्ट भलिबल ट्रेनिङ सेन्टरमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार विहान भएको दोस्रो खेलमा न्यू डायमण्डले २५-१७, २५-१२ र २५-१२ को सहज जित हात पारेको हो । पहिलो सेटमा एभरेष्टले ४-१ को अग्रता लिएको थियो ।

न्यू डायमण्डले ७-७ को अवस्थामा बराबरी गरेको थियो । ९-९ को बराबरी अवस्थाबाट प्रतिभा मालीले सर्भिसमा लगातार ९ अंक जोड्दै जितको आधार तय गरेकी थिइन् ।

तेस्रो सेटमा पनि न्यू डायमण्डले ७-० को अग्रता लिँदै सहज जितको आधार तय गर्यो । न्यू डायमण्डको जितमा युवा खेलाडी सुमित्रा रेग्मी केल्मि प्लेयर द म्याच चुनिन् । आजनै गएको पहिलो खेलमा नेपाल एपिएफ क्लबले गण्डकी प्रदेशमाथि २५–१२, २५–१८ र २५–८ को सोझो सेटमा जित हात पारेको थियो ।

आज तेस्रो खेलमा दिउँसो १२ बजे महिलातर्फ पुलिस र आर्मी भिड्नेछन् । पुरुषतर्फ आजको खेलमा दिउँसो २ बजे हेल्प नेपाल र दावाली मिलन, दोस्रो खेलमा दिउँसो ४ बजे आर्मी र गण्डकी तथा दिनको अन्तिम खेलमा पुलिस र शैलुङ बागढुङ्गाबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ प्रतियोगितामा टिप टम हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल ट्रेनिङ सेन्टर छन् । महिला र पुरुष दुवैतर्फको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.