default_image

2 years ago

July 10, 2023

तनावपूर्ण खेलमा आर्मी विजयी

617 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – निकै तनावपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा गण्डकी प्रदेशमाथि ३-० को सोझो सेटमा जित हात पारेको छ । झडपसहित तनावपूर्ण खेलमा आर्मीले सोझो सेटमा जित हात पारेको हो ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा भएको खेलमा २५-१९, २६-२४ र ३३-३१ ले विजयी भएको थियो । तेस्रो सेटको अन्तिम समयभने निकै तनावपूर्ण रह्यो । आर्मी २३–२४ को अवस्थामा गण्डकीका खेलाडीले प्रहार गरेको स्पाइक आउट भएको भन्दै २४-२४ को बराबरी भएको थियो । तर गण्डकीका खेलाडी ब्लकको समयमा आर्मीका खेलाडीलाई लागेर गएको भन्दै बिबाद सुरु भएको थियो ।

गण्डकीका खेलाडीले उक्त रेफ्रीको निर्णयको विरोध गरेका थिए । त्यहिँ समय एक समर्थकले बोतल हानेपछि आर्मीका खेलाडी समर्थक पिट्न दर्शकदिर्घामै गएका थिए । आर्मीको टिम संयमित अपनाउन नसक्दा समर्थकमाथि आक्रोशित बनेका थिए ।

समर्थक पिट्न पुरै टिमनै जान खोजेको थियो । त्यसपछि खेल लामो समयसम्म तनावपूर्ण रहेको थियो । नेपाल प्रहरीले खेल शान्त पार्नु परेको थियो ।

त्यसअघि दोस्रो सेट पनि निकै कडा प्रतिस्पर्धात्मक बनेको थियो । २४-२४ को अवस्थामा गण्डकीका भारतीय खेलाडी जोजेबिनले सर्भिस बिगारेपछि हार नजिक पुगेको थियो । दोस्रो सेट सुरुवात देखीनै कडा प्रतिस्पर्धा भएको थियो । निर्णायक तेस्रो सेटमा ३१-३१ को बराबरी अवस्थामा पुगेको थियो ।

आर्मीका मानबहादुर श्रेष्ठको चलाखीपूर्ण अंक बटुलेपछि जित निकालेको थियो । तीनै सेटमा सानदार प्रदर्शन गरेका मानबहादुर खेलको केल्मि प्लेयर अफ द म्याच चुनिए । आर्मीले पहिलो खेलमा सैलुङ बागढुङ्गा र दोस्रो खेलमा दावाली मिलनमाथि ३-० को सोझो सेटमा जित हात पारेको थियो ।

आर्मीले बुधबार एपिएफसँग खेल्नेछ । गण्डकी पहिलो खेलमा नेपाल पुलिससँग ३-२ र नेपाल एपिएफ क्लबसँग ३-१ को सोझो सेटमा पराजित भएको थियो । गण्डकीको लगातार तेस्रो हारले फाइनल सम्भावना निकै न्यून बनेको छ ।

उक्त झगडाको पूरा भिडियो यहाँ हेर्नुहोस् :

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.