2 years ago
July 10, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल लिग प्रतियोगितामा सोमबार गण्डकी प्रदेशको टोलीविरुद्धको खेलका दौरान त्रिभुवन आर्मी क्लबका खेलाडीले दर्शकमाथि गरेको हातपाटको घटनाका बारेमा नेपाल भलिबल संघले छानविन गर्ने भएको छ ।

संघको कार्यसम्पादन समितिको सोमबार साँझ बसेको आपकालिन बैठकले संघका महासचिव तथा प्रतियोगिता संयोजक रोशन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । छानविन गरेर असार ३० गतेभित्र प्रतिवेदन बुझाउन समितिलाई जिम्मेवारी दिएको संयोजक श्रेष्ठ जानकारी दिए ।
समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन रहेका छन् । ‘आज जे घटना भएको छ त्यसलाई संघले गम्भिरतापूर्वक लिएको छ,’ महासचिव श्रेष्ठले भने, ‘भोलीबाट सुरक्षा संख्या पनि बढाइनेछ ।’
गण्डकी प्रदेश र एक समर्थकले आर्मीका खेलाडीको नाम नै तोकेर कारवाहीको माग राख्दै संघमा निवेदन दर्ता गराएको महासचिव श्रेष्ठले जानकारी दिए । ‘गण्डकी प्रदेश र एक दर्शकले आफूलाई हात हाल्ने खेलाडीको नाम नै तोकेर कारवाहीको लागि माग राख्दै निवेदन बुझाएका छन्,’ उनले भने, ‘हामी सबै विषयलाई छानविन गरेर प्रतिवेदन तयार पार्नेछौं ।’

निकै तनावपूर्ण खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० ले हराएको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा भएको खेलमा आर्मी २५–१९, २६–२४ र ३३–३१ ले विजयी भएको थियो । तेस्रो सेटको अन्तिम समय भने निकै तनावपूर्ण रह्यो ।
आर्मी २३–२४ को अवस्थामा गण्डकीका खेलाडीले प्रहार गरेको स्पाइक आउट भए रेफ्रीले आउटको इसारा दिएपछि खेलमा २४–२४ को बराबरी भएको थियो । तर गण्डकीका खेलाडी ब्लकको समयमा आर्मीका खेलाडीलाई लागेर गएको दाबी गरेपछि बिबाद सुरु भएको थियो ।
गण्डकीका खेलाडीले रेफ्रीको त्यो निर्णयको विरोध गरेका थिए । त्यहिँ समय एक समर्थकले कोर्टमा रहेका आर्मीको टोलीमाथि बोतल हानेपछि आर्मीका खेलाडी समर्थक पिट्न दर्शकदिर्घामै गएका थिए । आर्मीका खेलाडी संयमित नहुँदा समर्थकमाथि आक्रोशित बनेका थिए ।
आर्मीका केहि खेलाडीले दर्शकदिर्घामै पुगेर दर्शकलाई हातपात गरेको दृश्य प्रत्यक्ष प्रसारणमा पनि देखिएको थियो । त्यसपछि खेल लामो समयसम्म तनावपूर्ण रहेको थियो । नेपाल प्रहरी, संघका पदाधिकारीले खेल शान्त पार्नु परेको थियो ।
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]