2 years ago
July 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा आज पाँच खेल हुँदैछन् । त्रिपुरेश्वर स्थित रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेलमा सुरुवाती दुई खेल महिलाका खेल हुनेछन् ।

दिउँसो तीन बजे टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशबीचको प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ । गण्डकीमा तीन भारतीय र हेल्प नेपालमा तीन पाकिस्तानी खेलाडी रहेका छन् । पाकिस्तानका कप्तान समेत रहेका अैमल खान, मजह अली र आदना खान छन् । उता गण्डकीको टोलीमा भारतीय तीन खेलाडी कन्चन नविन, थारुन गोडा र जोजेबिन छन् ।
अग्ला कदका खेलाडी अैमल खान शक्तिशाली स्पाइकका लागि चिनिन्छन् । हेल्पमा नेपालमा पाकिस्तानी खेलाडीलाई छाड्ने हो भने सन्जु विक्रम शाह, सुरेन्द्र बम, धिरज काजी बस्नेत, सन्तोष महता, अमृत केसी लगायतका खेलाडी छन् । हेल्प नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।
हेल्प नेपालले सैलुङ र दावाली मिलनलाई ३-० को सोझो सेटमा हराएको थियो । गण्डकी सुरुवाती तीन हारका साथ फाइनल सम्भावना निकै कठिन बनाएको छ । गण्डकी पुलिससँग ३-२ नेपाल एपिएफ क्लबसँग ३-१ र आर्मीसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । भारतीय तीनै खेलाडीको प्रदर्शन अपेक्षा अनुसार हुन सकेको छैन । पहिलो खेलमा पुलिसविरुद्ध नविन कन्चनलाई बेन्चमा राख्नु परेको थियो ।

जोजेबिन भने शक्तिशाली सर्भिसको लागि चिनिन्छन् । तर शक्तिशालीको धुनमा लगातार विपक्षीलाई अंक सुम्पिदै आएका छन् । घरेलु भलिबलका स्टार खेलाडी रवि केसी र हिमाल सुनारीको स्पाइक हेर्न लायक हुनेछन् । सन्जु, सुरेन्द्र र अमृत आफ्नोे पूर्व टोली गण्डकीविरुद्ध नै खेल्नेछन् । हेल्प नेपालमा पाकिस्तान र गण्डकीमा भारतीय खेलाडी छन् । त्यसैले यस खेल भारतविरुद्ध पाकिस्तानको झल्को समेत हुनेछ ।
महिलातर्फ पहिलो खेलमा नेपाल एपिएफ क्लबले एभरेष्ट भलिबल टे«निङ सेन्टरलाई ३-० को सोझो सेटमा जित हात पार्दै लगातार तेस्रो जित हात पारेको छ ।

आजको दोस्रो खेलमा महिलातर्फ बिहान ११ बजे न्यू डायमण्ड र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । न्यू डायमण्ड लगातार तेस्रो जित निकाल्ने सोचमा हुनेछ । न्यू डायमण्डले गण्डकी र एभरेष्टलाई सोझो सेटमा हराएको थियो । आर्मी एपिएफसँग २–३ र पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
न्यू डायमण्डमा प्रतिभा माली, प्रगति नाथ, सलिना श्रेष्ठ र रिमा कुवँर जस्ता खेलाडी हुनेछन् । उता आर्मीको कप्तान कृपा अधिकारी आफ्नो पूर्व टोलीविरुद्ध खेल्नेछन् । कृपा, संगम महतो, सुनिता खड्का र सफिया पुन जस्ता खेलाडी हुनेछन् । सँगै भलिबल सिकेर हुर्केका दुई स्टार खेलाडी तथा कप्तान प्रतिभा र कृपाबीचको खेल हेर्न लायक हुनेछ ।
पुरुषतर्फ दिउँसो नेपाल पुलिस क्लब र दावाली मिलनबीच प्रतिस्पर्धा हुनेछ । पुलिसमा रविन चन्द र विशाल विकको जोडी रहनेछन् । यी दुई युवा खेलाडीको प्रदर्शन सामना गर्न दावालीलाई सहज हुनेछैन ।

पुलिस लगातार तेस्रो जितको खोजीमा हुनेछ । पुलिसले पहिलो खेलमा गण्डकीलाई ३–२ र दोस्रो खेलमा शैलुङलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । दावाली मिलन पहिलो जित निकाल्न चाहन्छ । दावाली एपिएफ, आर्मी र हेल्प नेपालसँग सोझो सेटमा पराजित भएको थियो ।
दिनको अन्तिम खेलमा साँझ ५ बजे एपिएफ र शैलुङबीच प्रतिस्पर्धा हुनेछ । एपिएफमा टेकराज अवस्थी र विजय थापाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । शैलुङमा नविन महतो र समिप श्रेष्ठको प्रदर्शन हेर्न लायक हुनेछ ।
प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ७ टोली छन् । लिगको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्नेछन् । महिला र पुरुष दुवैतर्फ फाइनल असार ३० मा हुनेछ ।
हाल सम्मको नतिजा, आज र आगमी दिनको खेल तालिका :

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]