default_image

2 years ago

July 11, 2023

हेल्प नेपालविरुद्ध गण्डकी अर्थात भारतविरुद्ध पाकिस्तानको झल्को

394 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा आज पाँच खेल हुँदैछन् । त्रिपुरेश्वर स्थित रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेलमा सुरुवाती दुई खेल महिलाका खेल हुनेछन् ।

दिउँसो तीन बजे टिप टप हेल्प नेपाल र गण्डकी प्रदेशबीचको प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ । गण्डकीमा तीन भारतीय र हेल्प नेपालमा तीन पाकिस्तानी खेलाडी रहेका छन् । पाकिस्तानका कप्तान समेत रहेका अ‍ैमल खान, मजह अली र आदना खान छन् । उता गण्डकीको टोलीमा भारतीय तीन खेलाडी कन्चन नविन, थारुन गोडा र जोजेबिन छन् ।

अग्ला कदका खेलाडी अ‍ैमल खान शक्तिशाली स्पाइकका लागि चिनिन्छन् । हेल्पमा नेपालमा पाकिस्तानी खेलाडीलाई छाड्ने हो भने सन्जु विक्रम शाह, सुरेन्द्र बम, धिरज काजी बस्नेत, सन्तोष महता, अमृत केसी लगायतका खेलाडी छन् । हेल्प नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

हेल्प नेपालले सैलुङ र दावाली मिलनलाई ३-० को सोझो सेटमा हराएको थियो । गण्डकी सुरुवाती तीन हारका साथ फाइनल सम्भावना निकै कठिन बनाएको छ । गण्डकी पुलिससँग ३-२ नेपाल एपिएफ क्लबसँग ३-१ र आर्मीसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । भारतीय तीनै खेलाडीको प्रदर्शन अपेक्षा अनुसार हुन सकेको छैन । पहिलो खेलमा पुलिसविरुद्ध नविन कन्चनलाई बेन्चमा राख्नु परेको थियो ।

जोजेबिन भने शक्तिशाली सर्भिसको लागि चिनिन्छन् । तर शक्तिशालीको धुनमा लगातार विपक्षीलाई अंक सुम्पिदै आएका छन् । घरेलु भलिबलका स्टार खेलाडी रवि केसी र हिमाल सुनारीको स्पाइक हेर्न लायक हुनेछन् । सन्जु, सुरेन्द्र र अमृत आफ्नोे पूर्व टोली गण्डकीविरुद्ध नै खेल्नेछन् । हेल्प नेपालमा पाकिस्तान र गण्डकीमा भारतीय खेलाडी छन् । त्यसैले यस खेल भारतविरुद्ध पाकिस्तानको झल्को समेत हुनेछ ।

महिलातर्फ पहिलो खेलमा नेपाल एपिएफ क्लबले एभरेष्ट भलिबल टे«निङ सेन्टरलाई ३-० को सोझो सेटमा जित हात पार्दै लगातार तेस्रो जित हात पारेको छ ।

आजको दोस्रो खेलमा महिलातर्फ बिहान ११ बजे न्यू डायमण्ड र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । न्यू डायमण्ड लगातार तेस्रो जित निकाल्ने सोचमा हुनेछ । न्यू डायमण्डले गण्डकी र एभरेष्टलाई सोझो सेटमा हराएको थियो । आर्मी एपिएफसँग २–३ र पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

न्यू डायमण्डमा प्रतिभा माली, प्रगति नाथ, सलिना श्रेष्ठ र रिमा कुवँर जस्ता खेलाडी हुनेछन् । उता आर्मीको कप्तान कृपा अधिकारी आफ्नो पूर्व टोलीविरुद्ध खेल्नेछन् । कृपा, संगम महतो, सुनिता खड्का र सफिया पुन जस्ता खेलाडी हुनेछन् । सँगै भलिबल सिकेर हुर्केका दुई स्टार खेलाडी तथा कप्तान प्रतिभा र कृपाबीचको खेल हेर्न लायक हुनेछ ।

पुरुषतर्फ दिउँसो नेपाल पुलिस क्लब र दावाली मिलनबीच प्रतिस्पर्धा हुनेछ । पुलिसमा रविन चन्द र विशाल विकको जोडी रहनेछन् । यी दुई युवा खेलाडीको प्रदर्शन सामना गर्न दावालीलाई सहज हुनेछैन ।

पुलिस लगातार तेस्रो जितको खोजीमा हुनेछ । पुलिसले पहिलो खेलमा गण्डकीलाई ३–२ र दोस्रो खेलमा शैलुङलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । दावाली मिलन पहिलो जित निकाल्न चाहन्छ । दावाली एपिएफ, आर्मी र हेल्प नेपालसँग सोझो सेटमा पराजित भएको थियो ।

दिनको अन्तिम खेलमा साँझ ५ बजे एपिएफ र शैलुङबीच प्रतिस्पर्धा हुनेछ । एपिएफमा टेकराज अवस्थी र विजय थापाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । शैलुङमा नविन महतो र समिप श्रेष्ठको प्रदर्शन हेर्न लायक हुनेछ ।

प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ७ टोली छन् । लिगको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्नेछन् । महिला र पुरुष दुवैतर्फ फाइनल असार ३० मा हुनेछ ।

हाल सम्मको नतिजा, आज र आगमी दिनको खेल तालिका :

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.