default_image

2 years ago

July 17, 2023

डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार

1408 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) मोबाइलको विश्वभरका शीर्ष टोली आमन्त्रण गरिएको पब्जी मोबाइल वर्ल्ड इन्भीटेसनल २०२३ मा नेपालको द रियल सोल्जर्स (डिआरएस) गेमिङ ले २ करोड २० लाख रुपैयाँ बराबर पुरस्कार रकम जितेको छ ।

डिआरएसले अलस्टार स्टेजमा तेस्रो स्थान हासिल गर्दै मेन इभेन्टमा स्थान पक्का गरेको थियो । डिआरएसले अलस्टार स्टेजमा दुई पटक चिकेन डिनर (राउन्ड जित्ने) सफलता हासिल गरेको थियो ।

डिआरएसले कुल १ सय ५३ अंक जोड्दा थाइल्याण्डको भ्याम्पाएर इस्पोर्ट्सले १ सय ८७ अंकसहित प्रथम तथा दक्षिण कोरियाको डिप्लसले १ सय ५७ अंकसहित दोस्रो स्थान हासिल गरेको थियो ।

मेन इभेन्टमा डिआरएसले एक पटक चिकेन डिनरको सफलता हासिल गरेपनि अन्य राउन्डमा राम्रो प्रदर्शन गर्न सकेन । कमजोर सुरुवात गरेको टोलीले समग्रमा ११ औं स्थान हासिल गरेको थियो ।

डिआरएसले अल स्टार स्टेजबाट ९० हजार र मेन इभेन्टबाट ७७ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको हो । गत वर्ष पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा दोस्रो हुँदै डिआरएसले झन्डै ३ लाख अमेरिकी डलर पुरस्कार जितेको थियो ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

Success

Thank you for your time.