4 weeks ago
August 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियाविरुद्ध निकै खराब सुरुवात गरेको छ । बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५ ओभरमा ४ विकेट गुमाउँदै १५ रन बनाएकोा छ । नेपालकी सीता रानामगर ६ र सीता रानामगर ६ रनमा क्रिजमा छन् । नेपालले […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियाविरुद्ध निकै खराब सुरुवात गरेको छ ।
बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५ ओभरमा ४ विकेट गुमाउँदै १५ रन बनाएकोा छ । नेपालकी सीता रानामगर ६ र सीता रानामगर ६ रनमा क्रिजमा छन् ।
नेपालले सुरुवाती तीन बलमै तीन विकेट गुमाउँदै लज्जास्द सुरुवात गरेको थियो । ओपनर काजोल श्रेष्ठ ऐना हामिजाहको बलमा मास एलिसाबाट क्याच आउट भइन् । लगत्तै अर्को बलमा सम्झना खड्का बोल्ड आउट हुन पुगेकी थिइन् । तेस्रो बलमा इन्दु बर्मा रन आउट हुन पुगेकी थिइन् । चौथो ओभरको पहिलो बलमा महिराह इजाती इस्मालले पुजा महतोलाई ५ रनमा बोल्ड आउट गरिन् ।
प्रतियोगिता समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टि२० क्वालिफायर खेल्न पाउनेछन् ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।
September 24, 2023
एजेन्सी – भारतले दोस्रो ओडिआई खेलमा सानदार ब्याटिङ प्रदर्शनका साथ अष्ट्रेलियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ९९ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एकखेल अगावै जितेको छ । जितको लागि ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया २८.२ ओभरमा २ सय १७ रनमा अल आउट भयो । जितको लागि ४ […]
September 24, 2023
भूपेन्द्र जि.सी, काठमाडौं नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्काले २०७८ साउन १९ गते अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । ३३ बर्षकै उमेरमा सन्न्यास घोषणा गर्दा उनका समर्थकले मात्र होइन समग्र विश्व क्रिकेट जगत नै आश्चर्यमा परेको थियो । उनको सन्न्यासमा धेरैले आ–आफ्नो धारणा पनि राखेका थिए । तर पारसले सन्न्यास […]
September 24, 2023
एजेन्सी – ओपनर शुभमन गिल र श्रेयस ऐरको शतकको सहयोगमा भारतले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई ४ सय रनको विशाल लक्ष्य दिएको छ । इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनायो । भारतका श्रेयस ऐरले ९० बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय […]