2 years ago
September 2, 2023
एजेन्सी – एसिया कपमा आज उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ ।

भारत र पाकिस्तानको खेललाई क्रिकेटको एलक्लासिको भन्ने गरिन्छ । आन्तरिक राजनीतिको कारण भारत र पाकिस्तानले एसिया कप र विश्वकपमा मात्रै प्रतिस्पर्धा गर्दै आएका छन् । दुई देशबीच सिरिज नभएको एक दशक भन्दा बढी भएको छ ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको छ ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । नेपालले भारतसँग सोमबार यसै मैदानमा खेल्नेछ ।
नेपाल, भारत र पाकिस्तान समूह ए मा छन् । शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । नेपाली क्रिकेट टोली आजको खेलमा भने भारतको हार चाहन्छ । किनभने भारतको हारले नेपालको सुपर फोर सम्भावना कायम रहन्छ ।
भारतले आज हार्दा अन्तिम खेल नेपालसँग सोमबार खेल्नेछ । यदि नेपालले जादुमयी प्रदर्शन गर्दै भारतलाई हराएको खण्डमा सुपर फोरमा पुग्नेछ ।

त्यसैले नेपाल भारतको हार चाहन्छ । आज भारत विजयी भएमा भने नेपालको सुपर फोर सम्भावना लगभग सकिनेछ । अन्तिम खेलमा नेपालले भारतलाई हराएपनि नेटरनरेटको कारण बाहिरिने देखिन्छ ।
नेपालको नेटरनरेट माइनस ४–७६० छ । त्यसैले नेपाल सुपर फोरमा पुग्ने समिकरण कायम राख्न आज भारतले हार्नुपर्ने हुन्छ । त्यसैले नेपाली टोली भारतको हारको प्रतीक्षामा हुनेछ ।
नेपालले २०१७ को यू१९ क्रिकेट एसिया कपमा भारतलाई १९ रनले हराएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीले ८६ रन बनाउनुको साथै ४ विकेट लिएपछि भारतलाई पहिलो पटक स्तब्ध पारेको थियो । उक्त खेलको प्लेइङ ११ मा रहेका आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, किशोर महतो, सन्दीप लामिछाने अहिले नेपालको टोलीमा छन् ।
यो पनि :
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]