2 years ago
August 9, 2023
विराट कोहली वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर हुन् । नेपालले एसिया कपमा भारतसँग खेल्दा कोहलीलाई आउट गर्नु नेपाली बलर मात्र होइन समर्थकको पनि सपना हुनेछ ।

नेपालले एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । अगस्ट ३० तारिखमा पाकिस्तानसँग मुल्तानमा खेलेपछि नेपाल श्रीलंका प्रस्थान गर्नेछ । सेप्टेम्बर ४ मा नेपालले भारतको सामना गर्नेछ ।
भारतविरुद्ध खेलमा सबैको नजर विश्व क्रिकेटका उत्कृष्ट मध्यका कोहलीमाथि हुनु स्वभाविक पनि हो । तर कोहलीलाई आउट गर्न सहज हुँदैन । कोहली विश्व क्रिकेटका त्यस्ता खेलाडी हुन् जसले विश्वस्तरिय बलर सामु एक्लै टोलीको जित सहज बनाउन सक्ने खुबी राख्छन् ।
खेलाडी जति सुकै महान् किन नहोस्, उसका पनि आफ्नै कमजोरीहरु हुन्छन् । कमजोरीले हरेक खेलाडीलाई घुँडा टेकाउँछ । जसले उसको कमजोरीमा खेल्न सक्छ त्यो बलरले विकेट लिने गर्दछ । नेपाली खेलाडीले कोहलीको विकेट लिने सपना गर्न उनका यी प्रमुख पाँच कमजोरीमा बलिङ गर्नुपर्ने हुन्छ ।
५. बाउन्सर बल

कोहली बाउन्सर र सर्ट बलमा खुलेर रन बनाउन सक्दैनन् । उनको ज्यानको माथिल्लो भागलाई लक्षित गरेर बाउन्सर बल फाल्न सके विकेटको सम्भावना रहन्छ । कोहली उक्त बलमा संघर्ष गर्दै आएका छन् । बाउन्सरको लागि गति र हाइट दुबै त्यतिनै आवश्यक पर्दछ ।
गुलशन झा उक्त रणनीतिमा सफल हुन सक्छन् । कोहलीविरुद्ध २०२२ को टि२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध लुन्गी एनगिडी र २०२१ को टि२० विश्वकपमा शाहिन शाह अफ्रिदी सोहि योजनामा सफल भएका उदाहरण हुन् ।
४. स्पिन बलिङ

स्तरिय स्पिनरले कोहलीलाई विश्व क्रिकेटमा लगातार आउट गर्दै आएका छन् । लेगस्पिन, अफ स्पिनर र स्लो लेफ्ट आर्म अर्थोड्रक्स बलरले कोहलीको विकेट लिने सम्भावना उच्च रहन्छ । गत जनवरीमा न्युजिल्यान्डविरुद्ध तीन ओडिआई खेल मध्य दुई खेलमा कोहली स्पिनर मिचेल सान्टनरको बलमा आउट भएका थिए ।
गत मार्चमा अष्ट्रेलियासँगको चार टेस्ट खेलको सिरिजमा कोहली अफस्पिनर टोड मर्फीको बलमा चार र अर्थोडक्स स्पिनर म्याथ्यु कुहनेमान तीन पटक शिकार बनेका थिए ।
गत डिसेम्बरमा कोहली बंगलादेश भ्रमणमा सकिब अल हसन र मेहदी हसन मिराजको शिकार बनेका थिए । अष्ट्रेलियाका लेगस्पिनर एडम जाम्पा पनि कोहलीविरुद्ध हाबी हुँदै आएका छन् । यी केहि उदाहरण मात्रै हुन् ।
इंग्ल्यान्डका आदिल राशिद र न्युजिल्यान्डका मिचेल सान्टनार र ईश सोधीले पनि कोहलीलाई निरन्तर पेभेलिएनको बाटो देखाउँदै आएका छन् । कोहली स्तरिय स्पिनर सामु ठूलो इनिङ खेल्न सक्दैनन् । नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले उक्त कमजोरीमा ध्यान दिनुपर्ने हुन्छ ।
३.बायाँ हाते बलरविरुद्ध कमजोर इतिहास

कोहली मात्रै होईन भारतका प्रमुख ब्याटरको कमजोरी नै बायाँ हाते बलरविरुद्ध खेल्न नसक्नु हो । विश्वका तीव्र गतिका बायाँ हाते बलरसामु कोहली पनि निरिह जस्तै बन्दै आएका छन् ।
पाकिस्तानका मोहम्मद आमिर, शाहिन शाह अफ्दिी, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र अष्ट्रेलियाका मिचेल स्टार्क कोहलीले संघर्ष गर्दै आएका बलर हुन् ।
विश्व क्रिकेटमा सबै टोली कोहलीविरुद्ध बायाँ हाते बलर पहिलो रणनीतिमा राख्दै आएका छन् । वेस्टइन्डिजका ओबेड मकोयले गतवर्ष टि२० आईमा भारतविरुद्ध ६ किकेट लिएका थिए । इंग्ल्यान्डका रिस टोप्लीले गतवर्ष ओडिआईमा भारतविरुद्ध ६ विकेट लिएका थिए ।
एसिया कपको सुपर फोरमा भारतलाई हराउन श्रीलंकाले यहिँ रणनीति प्रयोग गरेको थियो । २१ वर्षीय दिलशान मदुशानकाले कोहलीलाई बोल्ड गरेका थिए । नेपालको टोलीमा बायाँ हाते बलरमा प्रतिश जि.सी छन् । जि.सी कोहलीको कमजोरीमा ध्यान दिनुपर्ने हुन्छ ।
२. इनस्वींग बल

पछिल्लो १० वर्षमा भारत अन्तर्राष्ट्रिय क्रिकेटमा उपाधि विहीन हुनुको मुख्य कारण यो एक हो । हरेक टोली भारतविरुद्ध बायाँ हाते तीव्र गतिका बलर र इनस्वींग बल पहिलो हतियार बनाउँदै आएका छन् ।
भारतले हारेको २०१७ को च्याम्पियन्स ट्रफी फाइनल, २०१९ को एकदिवसीय विश्वकप सेमिफाइनल, २०२१ को टि२० विश्वकपमा समूह चरण र २०२२ को एसिया कपमा सुपर फोरबाटै बाहिरिनुको मुख्य कारण इनस्वींग बल खेल्न नसक्नु हो ।
इनस्वींग बलमा कोहली लगातार निरिह बन्दै आएका छन् । त्यसैले नेपाली बलरले पनि इनस्वींगको प्रयास गर्न सके विकेटको सम्भावना बढी रहन्छ । कोहली मात्रै होईन भारतीय सबै प्रमुख ब्याटरको मुख्य कमजोरी इनस्वींग हो ।
१.अफ स्टम्प बल

कोहलीको सबैभन्दा ठूलो कमजोरी भनेको नै अफ स्टम्प केन्द्रित बल खेल्न नसक्नु हो । कोहली अफ स्टम्प बलमा सधैं निरिह बन्ने गर्दछन् । यदि कुनै बलरले कोहलीलाई अफ स्टम्प केन्द्रित बलिङ गर्छन् भने उनी स्लिप, प्वाइन्ट वा किपरबाट क्याच हुने सम्भावना सधैं उच्च हुन्छ ।
स्पिनर होस् वा तीव्र गतिका बलर कोहलीलाई लगातार अफ स्टम्पलाई लक्ष्य बनाएर बल गर्नुपर्ने हुन्छ । अर्कोतर्फ अफ साइडको वाइड र अफ स्टम्पको बीचको लेन्थको बलले पनि कोहलीलाई समस्यामा पार्न सक्छ । सहि लेन्थमा राख्दै अफ स्टम्प लगातार टार्गेट गर्ने हो भने कोहलीको विकेट सहज रुपमा आउन सक्छ ।
कोहलीले खेलेका पछिल्ला ६ ओडिआई खेलमा सबैमा अफस्टम्प केन्द्रित बलमा आउट भएका छन् । उनको कमजोरीको उदाहरण दिन यो आँकडा पर्याप्त छ । कोहलीलाई बलिङ गर्दा नेपाली बलरले सबैभन्दा पहिला अफ स्टम्प केन्द्रित बललाई हतियार बनाउन सके रणनीतिमा सफल हुन सक्छन् ।
–एजेन्सीको सहयोगमा भूपेन्द्र जि.सीको प्रस्तुति
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]