default_image

2 years ago

July 1, 2023

भारतको दादागिरीले नेपाललाई दुःख!

770 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) विश्वको सर्वाधिक धनी क्रिकेट बोर्ड हो । त्यसैको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई पनि बिसिसीआईले आफ्नो दबाबमा राख्ने गर्दछ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) को कारण बिसिसिआई विश्वकै धनी क्रिकेट बोर्ड बनेको छ । त्यसैको दम्भ भारतले विश्व क्रिकेटमा देखाउन खोज्छ । भारतको दम्भकै कारण एसीसी एसिया कपमा भारतले पाकिस्तानलाई दबाउन खोजेको छ । यी दुई देशले आन्तरिक राजनीतिक समस्याले पछिल्लो एक दशकमा कुनैपनि सिरिज खेलेका छैनन् ।

आइसिसी र एसियन क्रिकेट काउन्सिल एसिसीको प्रतियोगिता मात्रै खेल्दै आएका छन् । पाकिस्तानले भारतमा गएर आइसिसीको प्रतियोगिता खेलेको छ । भारत भने पाकिस्तान जान अस्वीकार गर्दै आफ्नो लागि खेल्न भिन्दै ठाउँ खोज्दै आएको छ । यसकारण पनि पाकिस्तान आफैंले ठूलो प्रतियोगिता आयोजना गर्न पाएको छैन ।

भारत र पाकिस्तानको खिचातानीले गर्दा एकदिवसीय एसिया कपमा पुन: अन्यौलता छाएको छ । सेप्टेम्बर १ देखि १७ सम्म हुने एसिया कप आयोजनाको अधिकार पाकिस्तानसँग छ । तर भारतले पाकिस्तान नजाने अडान लिएसँगै भारतले खेल्ने सबै खेल श्रीलंकामा हुनेछन् । योसँगै एसिया कपका ४ खेल पाकिस्तान र बाँकी ९ खेल श्रीलंकामा हुने एसीसीले जनाएको छ । तर पाकिस्तानमा यो निर्णयका कारण बोर्डमा नै परिवर्तन भएको छ ।

एसीसीको निर्णयसँगै पिसिबीका अध्यक्ष रहेका नाजिम सेठी बाहिरिएका छन् । कार्यवाहक रहेका उनले आफ्नो पदमा निरन्तर रहन नचाहेपछि अहिले कार्यवाहक निर्वाचन आयुक्त अहमद सहजाद फारुक राना कार्यवाहक अध्यक्ष रहेका छन् । अब पाकिस्तानका नयाँ अध्यक्ष को बन्नेछन् भन्ने निर्णयले पनि एसिया कपको भविष्य निर्धारण हुन सक्छ ।

अहिलेको तालिका अनुसार नेपाल, भारत र पाकिस्तान समूह ए मा छन् । नेपाल प्रिमियर कप विजेताको हैसियतले एसिया कपमा छनोट भएको हो । छनोट हुनुअघि समूह विभाजन भएको अवस्था थियो । त्यसकारण अब समूह चरणकै खेल खेल्न नेपाल पाकिस्तान र श्रीलंका दुवै देश जानु पर्ने भएको छ ।

नेपालले भारतसँगको खेल श्रीलंकामा खेल्नेछ । पाकिस्तानसँगको खेल पाकिस्तानैमै खेल्नेछ । नेपालले भारत र पाकिस्तान मध्य कुन टोलीसँग पहिलो खेल्ने तालिका सार्वजनिक भएको छैन । तर भारतको कारण नेपाली क्रिकेट टोलीले दुःख भने पाउनेछ ।

पूरा प्रतियोगिता नै १३ दिनमा सकिनेछ । त्यसैले नेपालले श्रीलंका वा पाकिस्तानमा गएर धेरै समय अभ्यास गर्न पाउने छैन । एउटा टोलीसँग खेले लगत्तै अर्को देश जानुपर्ने हुन्छ । भारतको कारण नेपाली खेलाडीलाई हवाई यात्रामा दुःख पाउन सक्छन् । नेपालले राम्रोसँग तयारी पनि गर्न पाउने छैन ।

नेपालले दुवै देशको कन्डिसन राम्रोसँग बुझ्न पाउने छैन । यदि नेपालले पहिला पाकिस्तानसँग खेलेमा त्यहाँ खेले लगत्तै श्रीलंका जानुपर्ने हुन्छ । समय थोरै हुँदा खेलेकै दिन नेपाल श्रीलंका जार्नुपर्ने अवस्था आउन सक्छ । नेपालले एउटा खेल खेलेपछि बढीमा दुई दिन विश्राम पाउने देखिन्छ ।

एसिया कपमा पाकिस्तानले भारतसँगको खेल युएईमा खेल्ने प्रस्ताव गरेको थियो । तर उच्च गर्मीको कारण त्यहाँ खेल्न बंगलादेशले पनि अस्वीकार गरेको थियो । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । जसबाट शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । भारतको नतिजामा फाइनल कहाँ हुने निर्धारण हुनेछ ।

किन पाकिस्तान जाँदैन भारत ?

भारत र पाकिस्तानबीच राजनीतिक रुपमा सम्बन्ध राम्रो छैन । त्यसैको कारण यी दुईदेशले आन्तरिक रुपमा पछिल्लो एक दशकमा कुनैपनि सिरिज खेल्दैनन् । अन्तिम पटक पाकिस्तान भारतमा सिरिज खेल्न २०१२/१३ मा आएको थियो । भारत पाकिस्तानमा अन्तिम पटक २००६ मा गएको थियो ।

पहिलो संस्करणको आइपिएलमा पाकिस्तानी खेलाडी सहभागी थिए । तर २००८ मा मुम्बईमा भएको आतंककारी हमलापछि पाकिस्तानी खेलाडीलाई आइपिएल खेल्न भारतले प्रतिबन्धनै लगाएको थियो । २००९ मा पाकिस्तानको लाहोरमा श्रीलंका क्रिकेट टोली चडेको बसमा आतंककारी हमला भएपछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता केहि वर्ष शून्य भएको थियो । त्यसैले पाकिस्तानले युएईलाई घरेलु मैदान बनाउनु परेको थियो ।

पछिल्लो पाँच वर्षमा पाकिस्तानमा भारत बाहेक विश्वका अन्य सबै ठूला देश गएका छन् । राजनीतिक सम्बन्ध राम्रो नभएपनि पाकिस्तान भने भारत क्रिकेट खेल्न आएको छ । २०१६ को टि२० विश्वकप खेल्न पाकिस्तान भारत गएको थियो ।

आगमी अक्टोबर नोभेम्बरमा २०२३ को एकदिवसीय विश्वकप खेल्न पाकिस्तान भारत आउनेछ । २०२५ मा पाकिस्तानले च्याम्पियन्स ट्रफीको आयोजना गर्नेछ । अन्तिम पटक भएको च्याम्पियनसिप ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।

२०२१ को टि२० विश्वकपमा भारत पाकिस्तानसँग १० विकेटले पराजित हुँदै बाहिरिएको थियो । २०२२ को टि२० विश्वकपमा भारतले पाकिस्तानलाई ४ विकेटले हराएको थियो । २०२२ को एसिया कपको समूह चरणमा पाकिस्तान भारतसँग ५ विकेटले पराजित भएको थियो । तर सुपर फोरमा भारतलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.