3 months ago
September 2, 2023
एजेन्सी – वर्तमान समयका विश्वका एक उत्कृष्ट ब्याटर विराट कोहली एसिया कपमा पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको शिकार बनेका छन् । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ७.२ ओभरमा २ विकेट गुमाउँदै ३४ रन बनाएको छ । भारतका शुभमन गिल १ र श्रेयस ऐर ५ रनमा क्रिजमा छन् […]
एजेन्सी – वर्तमान समयका विश्वका एक उत्कृष्ट ब्याटर विराट कोहली एसिया कपमा पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको शिकार बनेका छन् । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ७.२ ओभरमा २ विकेट गुमाउँदै ३४ रन बनाएको छ ।
भारतका शुभमन गिल १ र श्रेयस ऐर ५ रनमा क्रिजमा छन् । कोहली सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । अफ्रिदीको बलमा एज लाग्दै विराट बोल्ड आउट हुन पुगेका थिए । त्यसअघिको ओभरमा अफ्रिदीले कप्तान रोहित शर्मालाई सानदार बोल्ड आउट गरेका थिए ।
अफ्रिदीको पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा बोल्ड आउट भए । वर्षाको कारण रोकिएपछि फर्किएको तेस्रो बलमै अफ्रिदीले रोहितलाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका हुन् । रोहितले २२ बलमा २ चौका हाने । पाकिस्तानका तीव्र गतिका बलरले सुरुवात देखी नै भारतीय ब्याटरलाई समस्यामा पारेका थिए ।
भारतीय शीर्षक्रम ब्याटिङ पुन बायाँ हाते तीव्र गतिका बलर सामु निराश बनेको छ । २०१२१ को टि२० विश्वकपमा पनि कोहली र रोहित शर्मा दुबै अफ्रिदीको बलमा शिकार बनेका थिए ।
December 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कराते महासंघको व्यवस्थापनमा शनिबार सुरु हुने सातौं दक्षिण एसिया कराते च्याम्प्यिनसिप (क्याडेट, जुनियर, यू २१ र सिनियर) को सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शनिबार र आइतबार दुई दिन हुने प्रतियोगिता नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका महिलातर्फ १ सय ३ र पुरुषतर्फ १ सय ३४ […]
December 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) इतिहासमा पहिलो जित दर्ता गरेको छ। पहिलो संस्करणमा जित विहिन रहेको चितवनले दोस्रो संस्करणको तेस्रो खेलमा आएर पहिलो जित हासिल गरेको हो। चितवनले शुक्रबार वीरगन्ज युनाइटेड एफसीलाई २-१ ले पराजित गर्यो। चितवनको जितमा विमल घर्ती मगर र टोरिक जेब्रीनले एक-एक गोल गरे। वीरगन्जका लागि भने […]
December 1, 2023
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा कप एसियाली खुल्ला बुद्धिचाल प्रतियोगिता-२०८० मा शुक्रबार पाँचौं सकिँदा २३९३ रेटेड भारतीय सुभयान कुण्डुले अपराजित यात्रा जारी राखेका छन्। सुभयानले चौथो राउन्डमा सौरभ चौबे माथि सहज जित हात पारे भने पाँचौं राउन्डमा दोस्रो वरियताका बंगलादेशी अन्तराष्ट्रिय मास्टर मोहमद मिनहाज उद्दिन संग खेले । हेटौंडा चेस क्लबको ब्यवस्थापन होटल सामनामा प्रतियोगितामा भारतीय […]