default_image

2 years ago

September 8, 2023

नेपालको खराब ब्याटिङ सुरुवात

2969 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमाा थाईल्यान्डले प्रस्तुत गरेको चुनौतीपूर्ण लक्ष्य पछ्याउनेक्रममा खराब ब्याटिङ सुरुवात गरेको छ । जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २ ओभरमा ३ विकेट गुमाउँदै ३ रन बनाएको छ ।

नेपालले ओपनर काजोल श्रेष्ठलाई तेस्रो बलमै शून्यमा गुमाएको थियो । दोस्रो ओभरमा इन्दु बर्मा तीन रनमा क्याच आउट भइन् । कप्तान रुविना क्षेत्री शून्यमा एलबीडब्लू आउट भएपछि नेपाल सुरुवातमै संकटमा पुगेको छ । सीतारानामगर र कविता जोशी क्रिजमा छन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो ।

थाईल्यान्डको लागि नानपाट खोन्चारोएनकाइले ६३ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिइन् । यस खेलको विजेता टोली आगमी वर्ष हुने ग्लोबल छनोटमा पुग्नेछ ।

May 25, 2025

रियलले जितका साथ ला लिगाको अन्त्य गर्यो

एजेन्सी – रियल म्याड्रिडले जितका साथ यो सिजन ला लिगाको अन्त्य गरेको छ। रियल सोसिडाडलाई शनिवार २-० ले हराउँदै रियलले ला लिगामा सुखद अन्त्य गरेको हो । टोलीका लागि दुबै गोल किलियन एम्बाप्पेले गरे ‌। एमबाप्पेले ३१ गोल गर्दै ला लिगाको समाप्त गरे। रियलका प्रशिक्षक कार्लो एन्चेलोट्टी र कप्तान लुका मोड्रिचको यो बिदाइ खेल पनि […]

May 24, 2025

दिल्लीले पञ्जाबलाई हरायो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ । राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा शनिवार भएको खेलमा दिल्ली ६ विकेटले विजयी भयो । २ सय ७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिल्लीले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीक समिर रिजवीले २५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा […]

May 24, 2025

कोशीको पहिलो जित

पोखरा (हाम्रो खेलकुद)- कोशी प्रदेशले नवौं पिएम कप एनभिए लिगको पुरुषतर्फ पहिलो जित दर्ता गरेको छ। सुदूरपश्चिम प्रदेशलाई ३-१ ले हराउँदै कोशीले पहिलो जित निकालेको हो। पोखरा रंगशालास्थित कभर्ड हलमा शनिवार दिनको सातौं खेलमा पहिलो सेट गुमाएर पनि कोशी नतिजा आफ्नो पक्षमा पार्ने सफल भएको छ। २५-२७ ले पहिलो सेट गुमाएको कोशीले त्यसपछि २५-२०,२७-२५,२५-१७ ले […]

Success

Thank you for your time.