2 years ago
September 24, 2023
सुबास हुमागाईं, हाङ्गचौ
तेक्वान्दोका प्रेमबहादुर लिम्बु नेपाललाई १९ औं एसियाली खेलकुदमा पहिलो पदक दिलाउनबाट चुकेका छन् ।

लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको क्वाटरफाइनलमा फिलिपिन्सका प्याट्रिक किंग पेरेजसँग पराजित भएसँगै उनी पदकबाट बन्चित भएका हुन् । यो खेल जितेको अवस्थामा सेमिफाइनल पुग्दै पदक पक्का हुने भएपनि प्रेम पराजित हुन पुगे ।
प्रेमले त्यसअघि अन्तिम १६ को स्पर्धामा पाकिस्तानका अब्दुल उल्लाह कादिरलाई पराजित गरेका थिए । औसतमा ७.३६० ल्याएको प्रेमले ७.२५० ल्याएका कादिरलाई हराएका थिए ।
तर क्वाटरफाइनलमा भने उनी पराजित भए । पेरेजले क्वाटरफाइनलमा औसत ७.५६० अंक जोड्दा प्रेमले पछिल्लो चरणभन्दा कमजोर ७.१६० को स्कोर ल्याए ।
त्यस्तै महिला पुम्सेतर्फ नेपालको चुनौती पहिलो खेलमै सकिएको थियो । अन्तिम १६ को प्रतिस्पर्धामा स्वस्तिका तामाङ सिंगापुरकी अकिदा बिन्ते दियानासँग पराजित भइन् । स्वस्तिकाले औसत ७.२५ अंक ल्याउँदा दियानाले दुवै राउन्डमा ७.६ अंक जोडेकी थिइन् ।

तेक्वान्दोमा अब सोमबार नेपालकी लागि अन्जली तामाङले महिला ४९ केजी तौल समूहमा कम्बोडियाकी लाइदेन क्रीसँग खेल्नेछिन् । साउदी अरबका पुरुष ५८ केजीमा राहुल कुमालले रियाद हाम्दीसँग प्रतिस्पर्धा गर्नेछन् । दुवै स्पर्धा राउन्ड अफ ३२ चरणका हुन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एलए ओलम्पिकसम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]