2 years ago
September 26, 2023
सुबास हुमागाईं, हाङ्गचौ
१९ औं एसियाली खेलकुद अन्तर्गत रग्बी सेभेन्समा पहिलो पटक प्रतिस्पर्धा गरेको नेपालले समूह चरण र नकआउट पुग्न नसक्ने टोलीबीच भएको ९-१३ स्थान निर्धारण गर्न भएको प्रतिस्पर्धा समेत सबै खेलमा हार बेहोरेको छ ।

आइतबारदेखि सुरु भएको प्रतियोगिताको अन्तिम दिन मंगलबारसम्म नेपालले ६ खेलमा प्रतिस्पर्धा गर्यो । यसक्रममा नेपाली टोलीले जम्मा १ ट्राइ र १ कन्भर्जनसहित ७ अंक मात्र जोड्न सक्यो । समग्रमा ६ खेलमा विपक्षीले नेपालविरुद्ध ५२ ट्राइका साथ ३ सय २० अंक जोडे । नेपालको प्रतियोगिता अवधिभर कुल अंक फरक – ३१३ रह्यो । नेपाल १३ टोली सहभागी प्रतियोगिताको पुछारमा रहेर घर फर्कंदैछ ।
नेपालले समूह चरणको सुरुवात संयुक्त अरब एमिरेट्स (यूएई) विरुद्ध खेलबाट गरेको थियो । उक्त खेलमा ५५-७ ले पराजित भएको नेपालका लागि खेलको चौथो मिनेटमा पुजन फेवालीले ट्राइ गरेका थिए । विक्रम पुरीले किक कन्भर्ट गर्दा स्कोर १२-७ को अवस्थामा थियो । तर त्यसपछि नेपालले कुनै खेलमा ट्राइ गर्न सकेन र लगातार हार मात्र बेहोर्यो ।
समूहको दोस्रो खेलमा चीनविरुद्ध ६५-० को हार बेहोरेको नेपाल अफगानिस्तानसँग ४१-० को हारसहित बाहिरियो । समूहको शीर्ष २ मा पर्न नसकेका अफगानिस्तान र नेपाल अन्य समूहको पुछारमा रहेका टोलीसँग ९-१३ स्थान निर्धारण गर्न अर्को लिग चरणमा खेल्नुपर्ने भयो ।

अन्य समूहको पुछारमा रहेका टोलीविरुद्ध पनि नेपालले लज्जास्पद हार बेहोर्यो । फिलिपिन्ससँग ५५-० र थाइल्याण्डसँग ३६-० ले हारेको नेपाल स्वतन्त्र खेलाडीको टोलीसँग ६८-० को हार बेहोर्न पुग्यो । विश्व रग्बीले श्रीलंकालाई निलम्बन गरेका कारण श्रीलंकाली खेलाडीले रग्बीमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को झन्डामा खेलेका थिए ।
नेपालले रग्बी खेललाई सहभागिता जनाउने निर्णय हुँदा नै धेरैले आश्चर्य मानेका थिए । राष्ट्रिय स्तरमा बामे सर्दै गरेको टिम खेललाई एसियाली खेलकुदमा अवसर दिने निर्णयलाई खेलप्रेमीलाई पनि सहजै स्वीकार्न कठिन भएको थियो । पुरुष फुटबलजस्तो लोकप्रिय र महिला क्रिकेटजस्तो पदक सम्भावना भएको खेल बाहिर राखेर रग्बीको टोलीलाई एसियाली खेलकुदमा सहभागी गराउने निर्णयको आलोचना पनि भएको थियो ।
रग्बीको सहभागिताबारे प्रश्न गर्दा हाइ परफर्मेन्स कमिटिको सिफारिस भएको कारण नै समावेश गराइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले केहि महिनाअघि हाम्रो खेलकुदलाई भनेका थिए । तर एसियाली खेलकुदमा प्रदर्शन हेर्दा कमिटिकै कार्यसम्पादनमा प्रश्न गर्नुपर्ने अवस्था आएको देखिन्छ ।

रग्बीमा नेपालले चुनौती पेश नै गर्न नसक्दा अन्य सम्भावना भएका खेल उपेक्षित खेललाई झनै पिडा भएको छ । १९ औं एसियाली खेलकुदको दिन बित्दै जाँदा नेपालको पदक जित्ने सम्भावना पनि पातलिंदै छ । पदकको सम्भावना मानिएको बक्सिङ, तेक्वान्दो, जुडो, उसुमा धुरन्धर खेलाडी बाहिरिने क्रम जारी छ ।
अब पदक सम्भावना भएका कराते, ईस्पोर्ट्सको पब्जी, गल्फ र क्रिकेट सुरु हुन बाँकी छन् । एसियाली खेलकुदमा सन् १९८६ यता लगातार पदक जितेको नेपाली टोली यसपटक खाली हात फर्कने डर बढ्दै छ ।
त्यसो त यो संस्करणले हालसम्मकै ठूलो टोली पठाएर इतिहास रचिसकेको छ । त्यसमाथि यस किसिमको प्रदर्शन र पदक तालिकामा शून्यता मात्र छाउने हो भने नेपाल फर्केपछि नेपाली खेलकुदको नेतृत्वमाथि धेरै प्रश्न उठ्नेछन्, सम्भवत विना जवाफका ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]