default_image

9 years ago

January 21, 2017

रिड मोडललाई ढोरपाटन महिला लिग भलिबल उपाधि

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय खेलाडी सम्मिलित रिड मोडल कलेजले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिता उपाधि जितेको छ । प्रतियोगितामा अपराजित रहँदै रिडले पहिलो सहभागितामै उपाधि जितेको हो । शनिबार उपाधि भिडन्तमा एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि उचालेको हो ।

dhorpatan-ridmodel-winner

रिड मोडलले एपिएफ क्लवलाई २५–२०, २५–१६ र २५–२० ले हराएको थियो । १५ खेलमा ४५ अंक जोडेको रिड मोडलले उपाधिसँगै ३ लाख २० हजार रुपैयाँ प्राप्त गर्यो । त्यसअघि रिड मोडलले न्यु डायमन्ड एकेडेमीलाई २५–१९, २५–१६, २३–२५ र २५–१९ ले हराएको थियो ।

उपाधि रक्षा गर्न असफल भएको एपिएफ दोस्रो भयो भने न्यु डायमन्ड तेस्रो स्थानमा रह्यो । लिगमा १५ खेलमा १३ जित र २ हार बेहोरेको एपिएफले ३९ अंक जोड्यो । न्यु डायमन्डले ३३ अंक जोडेको थियो । लिगको अन्तिम खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिसलाई २५–२२, २५–१५ र २५–२३ ले हरायो । पुलिस चौथा स्थानमा रह्यो । पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ पाँचौं, नेपाल आर्मी छैटौं र आयोजक ढोरपाटन स्पोर्टस् क्लव सातौं स्थानमा रह्यो ।

लिगको उत्कृष्ट स्पाइकर रिड मोडलकी निर्मल, उत्कृष्ट लिफ्टर रिड मोडलकै तेरिन, उत्कृष्ट सर्भर एपीएफकी नेविका चौधरी, उत्कृष्ट क्विकर न्यु डायमन्डकी ललिता नाथ, उत्कृष्ट डिफेन्स पश्चिमाञ्चलकी एमकली कुँवर, उत्कृष्ट ब्लकर एपीएफकी उषा विष्ट र उत्कृष्ट प्रशिक्षक रिड मोडलका खुम गाउँले घोषित भए । उत्कृष्ट सबैले जनही ५ हजार रुपैया प्राप्त गरे । माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जरमण शर्मालगायतले विजेता टोलीलाई पुरस्कृत गरे ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.