default_image

2 years ago

December 10, 2023

अफगानिस्तानविरुद्ध अर्जुनको अर्धशतक

1276 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा ब्याटर अर्जुन कुमालले एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अर्जुन ७९ बलमा ६ चौकासहित ५५ र सुवास भण्डारी क्रिजा छन् । जितको लागि २ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३१ ओभरा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको छ ।

नेपालले ओपनर विपिन रावललाई शून्यमा गुमाएको थियो । दीपक बोहरा १३ बलमा ३ चौकासहित १५ रनमा क्याच आउट भए । फरिदुन दावुदजाईको बलमा नौमान अघाबाट दीपक क्याच आउट भएका थिए । कप्तान देव खनाल ३७ बलमा २ चौकासहित २४ रनमा क्याच आउट भए । उत्तम थापामगर ४ र आकाश त्रिपाठी शून्यमा आउट भएपछि नेपाल समस्यामा परेको थियो ।
गुलशन झा २० बलमा २ छक्कासहित १७ रनमा क्याच आउट भए ।

त्यसअघि आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अल आउट भएको थियो ।

अफगानिस्तानका जाम्शिद जद्रानले १ सय ५२ बलमा ८ चौकासहित १ सय ६ रनको शतकीय इनिङ खेलेका थिए । उनी खुट्टामा समस्याका कारण रिटायर्ड हर्ट भएका थिए ।

त्यस्तै नौमान साह अघाले ४१ बलमा ५ चौका र ३ छक्कासहित ६० रनको आक्रामक इनिङ खेलेका थिए । पाँचौं विकेटका लागि नौमानले जम्शिद जद्रानसँग ८२ बलमा ९७ रनको उत्कृष्ट साझेदारी गर्दै अफगानिस्तानलाई बलियो योगफलमा पुर्याएका थिए ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.