9 years ago
January 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोनको छनोट चरणमा भाग नेपाली महिला टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ।

विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीको आयोजनामा नेपाली महिला भलिबल टोलीले खेल्न लागेको यो पहिलो अफिसियल प्रतियोगिता हो । यसअघि नेपालको पुरुष टोलीले दुई पटक एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । शुक्रबारबाट माल्दिभ्समा हुने प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले मंगलबार बिदाइ गरे ।
नेपाली टोलीमा १२ औं साग खेलेकै खेलाडी सहभागी छन् । छोटो समयमा तयारी गर्नुपर्दा पुरानै खेलाडीलाई सहभागी गराइएको नेपाल भलिबल संघले जनाएको छ । लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी,प्रतिभा माली, नेविका चौधरी र उप कप्तान मञ्जु गुरुङले ओपन स्पाइकरको भूमिका निभाउने छन् । त्यस्तै रेश्मा भण्डारी र अरुणा शाहीले ब्याक स्पाइक तथा कोपिला उप्रेती, उषाकुमारी विष्ट, र मनिषा चौधरीले क्विइक स्पाईकको भुमिका निभाउदै छन् । टोलीमा दोश्रो सेटरको रुपमा कृपा अधिकारी र लिवे्ररोमा कमला पुन रहेका छन् ।
नेपाली टोलीको प्रशिक्षकमा सुदेशकुमार रिमाल छन् भने सहायक प्रशिक्षकमा सलिना श्रेष्ठ र टिम व्यवस्थापकमा जुनु पुन मगर रहेकी छिन् ।नेपाली टोलीमा संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष उपेन्द्र यादव, सदस्य ज्योति केसी, पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष छयामबहादुर थापा र इन्टरनेशनल रेफ्री क्यान्डिडेट कुलबहादुर राना पनि माल्दिभ्स जानेछन् ।
एसियन सेन्ट्रल जोन छनोट प्रतियोगितामा ३ टोलीको सहभागिता रहनेछ। नेपालसहित आयोजक माल्दिभ्स र इरानले पहिलो चरणको छनोट खेल खेल्ने छन्। नेपाल दुई साताको प्रशिक्षणपछि विश्व च्याम्पियनसिपको छनोट खेल्न लागेको हो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]