9 years ago
January 24, 2017
काठमाडौँ (हाम्री खेलकुद) – प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ।

साबिक बिजेता आर्मी अपराजित रहदै ३ खेलबाट ९ अंक बनाउदै समूह“ए”को बिजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको छ। समुह“बी”को बिजेता बनेको पुलिसले पनि अपराजित रहदै ३ खेलबाट ९ अंक जोडेको छ । समूह “ए”बाट उपबिजेताको रुपमा एपीएफले सेमिफाईनलमा प्रवेश पाएको छ।
साबिक उपबिजेता पुलिससग सेमिफाइृनलमा भेट पक्का गरेको एपीएफले ३ खेलबाट ६ अंक जोडेको थियो । पश्चिमाञ्चलले एक मात्र क्षेत्रिय टिमको रुममा सेमिफाईनलमा उपस्थिति जनाएको छ । समूह “बी”बाट ३ खेलबाट ६ अंक जोडेको पश्चिमाञ्चलले सेमिफाईनलमा आर्मीको चुनौतीको सामना गर्नुपर्ने छ ।
मंगलवार भएको लिग चरणको अन्तिम खेलमा आयोजक आर्मी,पुलिस,एपीएफ र मध्यामञ्चलले जित निकालेका छन् । लगनखेलस्थित आर्मीको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्ड हलमा भएका खेलमा साविक विजेता आर्मीले पूर्वाञ्चललाई २५–१९,२५–१५ र २५–१९ को सोझो सेटमा हराउदै सेमिफाईनलमा प्रवेश गर्यो । त्यस्तै पुलिसले पश्चिमाञ्चलमाथी २५–२१,२५–१९,२१–२५ र २५–११ को जित निकाल्यो । मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१९,१२–२५,२६–२४ र २५–१५ को सेटमा हरायो । त्यस्तै एपिएफले मध्यपश्चिमाञ्चललाई २५–१९,२५–११ र २५–७ को सोझो सेटमा हरायो।
आठ टिमको सहभागिता रहेको प्रतियोगितामा ३ बिभागिय टोली र पश्चिमाञ्चलले सेमिफाईनलको यात्रा तय गर्दा पुर्वाञ्चल पाचौं,मध्यामाञ्चल छैटौं,सुदूरपश्चिमाञ्चल सातौं र मध्यपश्चिमाञ्चल आठौं हुदै लिग चरणबाट बाहिरिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]