9 years ago
January 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि फेरी दुई विभागिय टोलीबीच नै प्रतिस्पर्धा हुने भएको छ । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रधानसेनापति कपको फाइनल हुने तय भएको छ । गत बर्षपछि आर्मी र पुलिसबीच नै फाइनल भएको थियो ।

जसमा आयोजक सेनाकै टोली च्याम्पियन बनेको थियो । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्डहलमा सेनाले पश्चिमाञ्चललाई २५–१७, २५–१९ र २५–१६ ले हराउँदै आर्मी उपाधि रक्षाको नजिक पुगेको हो ।
अर्को सेमिफाइनलमा एपिएफलाई ३–२ हराउँदै पुलिस अघि बढेको थियो । लगातार दुई सेट गुमाएपनि पुलिसले २५–२७,२१–२५,२५–२१,२५–१८ र १५–७ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । फाइनल शुक्रबार हुनेछ भने बिहिबार पश्चिमाञ्चल र एपीएफ बीच तेश्रो स्थानको प्रतिस्पर्धा हुनेछ ।
विजेताले ३ लाख रुपैयाँ र दोस्रो हुने टोलीले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेण्डर, लिफ्टर र कोचले पनि समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल जित्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]