2 years ago
January 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका स्टार डिफेन्डर अनन्त तामाङ र भलिबलकी स्पाइकर निरुता ठगुन्नासहित पाँच खेलाडी एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार एक कार्यक्रम आयोजना गर्दै पिपल्स च्वाइसका पाँच जना मनोनयन सार्वजनिक भएको हो । फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।
फुटबलका अनन्तले घरेलु फुटबलमा आफ्नो नेतृत्वमा लगातार सफलता दिलाएका छन् । यस क्रममा उनले आफ्नो कप्तानीमा चर्च ब्वाइज युनाइटेडलाई ‘ए डिभिजन लिगको डेब्यु सिजनमै च्याम्पियन बनाउनुकै साथै यसै सिजनको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई उपाधि पनि दिलाएका थिए । दुवै लिगमा उनी सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।
करातेका विप्लवलालले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा रजत पदकका साथै चीनको हाङचउमा सम्पन्न १९औं एसियाली खेलकुदमा दुई बाउट जित्न सफल भएका थिए ।
काभा महिला भलिबल च्यालेन्ज कपमा कांस्य विजेता निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् । शारीरिक सुगठनकी रजनी श्रेष्ठ भने नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजीमाथि तौलसमूहकी स्वर्ण पदक विजेता हुन् । शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो भन्ने मान्यतालाई चिर्दै रजनीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएकी छन् ।
टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन् । यस विधाको विजेता इसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ ।
ईसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत हुनेछ ।
ई–सेवासँग बुधबार नै एक कार्यक्रमबीच सम्झौता भएको छ । ईसेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशिष गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो अवसरमा गौतमले मनोनयनमा परेका पाँचै जनालाई इसेवा केयर प्याकेज प्रदान गरिने बताए । त्यसमा १ लाख रुपैया बराबरको स्वास्थ्य प्याकेज रहेको छ । मञ्चले ईसेवासँग लगातार चौथो वर्षको सहकार्य हो ।
मञ्चका अध्यक्ष सुबेदीले इसेवालगायत अन्य प्रायोजकलाई धन्यवाद दिँदै अवार्डका अन्य चार विधामा पनि केही दिनमा नै सार्वजनिक गरिने बताए । पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् । सदाझै यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल छ ।
यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल छन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, सुबिसु, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, रुट्स फेसन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् । अवार्ड आगामी माघ २८ गते हुनेछ । यसअघि माघ १२ गते हुने भनिए पनि प्राविधिक कारण सरेको मञ्चले जनाएको छ ।
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सबाट १ सय ५६ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर विराटनगरले फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो । सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो। यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल जित्ने टोली फाइनल पुग्नेछ। कप्तान सन्दीप विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्नेछ। लिच चरणको […]