9 years ago
January 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) –महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटमा भाग लिन नेपाली टोली माल्दिभ्स पुगेको छ । शुक्रबारबाट सुरु हुने छनोटमा नेपाल, आयोजक माल्दिभ्स र इरानको सहभागिता रहेको छ । नेपालले पहिलो खेल शुक्रबार माल्दिभ्ससँग र शनिबार इरानसँग खेल्नेछ । माल्दिभ्स र इरानबीच आइतबार प्रतिस्पर्धा हुनेछ ।

लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी,प्रतिभा माली, नेविका चौधरी र उप कप्तान मञ्जु गुरुङ ओपन स्पाइकर छन् । रेश्मा भण्डारी र अरुणा शाहीले ब्याक स्पाइक तथा कोपिला उप्रेती, उषाकुमारी विष्ट, र मनिषा चौधरीले क्विइक स्पाईकको भुमिका निर्वाह गर्नेछन् । टोलीमा दोश्रो सेटरको रुपमा कृपा अधिकारी र लिवे्ररोमा कमला पुन छन् ।
प्रशिक्षकमा सुदेशकुमार रिमाल मुख्य र सलिना श्रेष्ठ सहायकका रुपमा टोलमिा छन् । टोलीको व्यवस्थापकमा जुनु पुन मगर छिन् । नेपाली टोलीमा संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष उपेन्द्र यादव, सदस्य ज्योति केसी, पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष छयामबहादुर थापा र इन्टरनेशनल रेफ्री क्यान्डिडेट कुलबहादुर राना पनि माल्दिभ्स पुगेका छन् ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को आयोजनामा हुने प्रतियोगितामा नेपाली महिला टोलीले भाग लिन लागेको यो पहिलो पटक हो । नेपालको पुरुष टोलीले भने दुई पटक एभिसी एसियाली सेन्ट्रल जोन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिसकेको छ ।










December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]