default_image

9 years ago

January 26, 2017

दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल हुने

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनामा सर्बाधिक पुरस्कार राशीको दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

pathibhara-volleyball

विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले आगामी फागुन ३ देखि ७ सम्म ताप्लेजुङमा प्रतियोगिता हुने जानकारी गराएको छ । ताप्लेजुङ जिल्लाको पर्यटकिय नगरी धार्मीक स्थल पाथीभर माताको सरोफेरोमा हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ । कुल पाँच दिनसम्म चल्ने प्रतियोगितामा तीन विभागीय क्लब नेपाल आर्मी,पुलिस र सशस्त्रको एपीएफ क्लब तथा पाँच विकास क्षेत्रको सहभागीता रहने ताप्लेजुङ जिल्ला भलिबल संघका अध्यक्ष दिवस चोङबाङले जानकारी दिए ।

खेलकुदको माध्यमबाट स्थानिय स्तरमा बाह्य र आन्तरिक पर्यटन विकास र स्थानिय स्तरका खेलाडीको प्रतिभा समेत उजागर गर्ने उद्देश्यले राष्ट्रिय भलिबल खेल आयोजना गरिएको अध्यक्ष चोङवाङले बताए । प्रतियोगिताको विजेताले हालसम्मकै सर्बाधिक नगद पुरस्कार ३ लाख ३० हजार र उपविजेताले १ लाख ६५ हजार रुपैया,ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पराजित दुई टिमले सान्त्वना पुरस्कार स्वरुप समान ३५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले ट्रफि र नगद १० हजार पाउनेछ । विधागत उत्कृष्ट अन्तर्गत स्पाइकर,सेटर,ब्लकर,लिब्रो र सर्भरलाई नगद ५ हजार रुपैया प्रदान गरिनेछ । मुख्य प्रायोजकको रुपमा बल बहादुर तामाङ,रमेश बराल र इश्वरी पौडेलले कुल ६ लाख ७५ हजार रुपैयाँ प्रदान गरेको आयोजकले जनाएको छ।

उक्त प्रायोजन रकम बराबरको चेक बल बहादुर तामाङले संघका अध्यक्ष चुङबाङलाई हस्तान्रतण गरे । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका नेपाल भलिबल संघका सचिव जगदिश भटृ,कोषाध्यक्ष सुनकेसरी माली र भलिबल प्रशिक्षक कुमार राईको उपस्थीती रहेको थियो । अन्यमा राष्ट्रिय खेलकुद परिषद(राखेप)ले ६ लाख रुपैयाँ,ताप्लेजुङ जिल्लाका चार सांसदबाट कुल १० लाख र ताप्लेजुङ सरोकार केन्द्रबाट २ लाख रुपैयाँ लगायतले प्रायोजन गरेको आयोजकले जनाकारी
दिइएको छ। त्यसैगरी सहभागी टिमको आर्थीक ब्यवस्थापन आयोजकले गर्नेछ। प्रतियोगिताका लागी अनुमानित कुल २८ लाख ५० हजार लाग्नेछ । खेलपश्चात बाकी रहेको बजेट ताप्लेजुङ जिल्लाका खेलाडीका लागि तालिम र प्रशिक्षण तथा विद्यालयस्तरको भलिबल खेल विकासमा खर्च गरीने संघका अध्यक्ष दिवस चुङवाङले
बताए।

सो अवसरमा भारतमा सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता ताप्लेजुङका खेलाडी जुडोकी फुपु ल्हामु खत्रि,एथ्लेटिक्सकी चन्द्रकला लामघादे तथा फुटबलका देवेन्द्र तामाङ र कुमारी गुरुङलाई सम्मान गरीने आयोजकले
जानकारी दिइएको छ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.