default_image

1 year ago

February 8, 2024

क्यानडामाथि नेपालको रोमान्चक जित

6538 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ७ रनको रोमान्चक जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २ सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडा ४८ औं ओभरमा २ सय १७ रनमा अलआउट भयो । ३३ औं ओभरमा १७४-३ को स्थितिमा रहेको क्यानडाले अन्तिम ७ विकेट मात्र ४३ रनमा गुमायो ।

मध्यक्रममा निकोलस किर्तन र पर्गत सिंहले अर्धशतक प्रहार गर्दै इनिङ सम्हालेपछि क्यानडाको जिततर्फ उन्मुख देखिएको थियो । तर नेपालका स्पिनरले अन्त्यतिर खेलमा फर्काउँदै रोमान्चक जित दिलाए । रोहित पौडेलले ४ विकेट लिँदै नेपालको जित पक्का गरेका थिए ।

यससँगै प्रशिक्षक मोन्टि देशाइको आगमनपछि नेपालले घरेलु ओडीआईमा अपराजित यात्रालाई कायम राखेको छ । नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता पनि लिएको छ । दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ ।

नेपालले प्रस्तुत गरेको मध्यम लक्ष्य पछ्याउने क्रममा क्यानडाले सुरुवाती ६ ओभरमा २ विकेट गुमाएपनि त्यसपछि दुई ठूला साझेदारी गर्दै खेलमा पुनरागमन गर्यो । डेब्यु गरिरहेका बायाँ हाते बलर रिजन ढकालले नवनित धलिवललाई तेस्रो ओभरमा स्लिपमा क्याच गराए । उनले १० बलमा १ चौकासहित ६ रन जोडे ।

छैटौं ओभरमा सोमपालले आरोन जोन्सनलाई एलबीडब्लु धरापमा पारे । उनले १५ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएका थिए । तर त्यसपछि तेस्रो विकेटका लागि निकोलस किर्तन र पर्गत सिंहले ७९ रनको साझेदारी गरे ।

२० औं ओभरमा पर्गत कप्तान रोहित पौडेलको बलमा क्याच आउट हुँदा साझेदारी तोडिएको थियो । तर त्यसपछि पुन: किर्तनले हर्ष ठाकरसँग बलियो साझेदारी निर्माण गर्दै जितको आधार तय गरे ।

ठाकरले ३३ औं ओभरमा कुशल मल्लको बलमा बोल्ड हुनुअघि ६० रनको साझेदारी गरे । उनले ४३ बलको सामना गर्दै ३२ रनको योगदान दिए । तर त्यसपछि नेपाली स्पिनरले लगातार विकेट लिँदै खेलमा फर्काए ।

हर्षको विकेट जानुअघि १७३-३ को स्थितिमा रहेको क्यानडा त्यसपछि लगातार विकेट गुमाउँदा दबाबमा परेको थियो । ३८ औं ओभरमा श्रेयस मोभा १ रन जोड्दै रोहितको बलमा क्याच आउट भए । ४१ औं ओभरमा पवन सर्राफले किर्तनलाई बोल्ड गरेपछि नेपालले खेलमा फर्कने सम्भावना जगाएको थियो । किर्तनले ९९ बलमा ७ चौकासहित ६८ रन जोडे ।

४४ औं ओभरमा उदय भगवान रोहितको बलमा बोल्ड भए । त्यसपछि कप्तान साद बिन जफर ललित नारायण राजवंशीको एलबीडब्लु धरापमा पर्दा क्यानडा २०७-८ को स्थितिमा पुगेको थियो ।

४७ औं ओभरमा ललितले हेलिगरलाई ३ रनमा एल्बीडब्लु आउट गर्दै जितनजिक पुर्याए । रोहितले ४८ औं ओभरको पाँचौ बलमा इश्वरजोत सोहिलाई बोल्ड गरेपछि नेपालले जित पक्का गर्यो ।

नेपालका लागि कप्तान रोहितले ४ विकेट लिंदा ललित राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० औं ओभरको अन्तिम बलमा अलआउट हुनुअघि २ सय २४ रनको योगफल खडा गरेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५८ बलमा ९ चौका र १ छक्का सहित सर्वाधिक ६२ रन बनाए । यस्तै आरिफ शेखले ३८ रनको योगदान गरे । 

पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेपछि ओपनर आशिफ २४ बलमा ८ रन मात्र बनाएर १०औ ओभरको पहिलो बलमा उदय भगवानको बलमा थर्ड-म्यानमा क्याच आउट भए । कप्तान रोहित पौडेल पनि १७ बलमा ८ रन मात्र बनाएर १५औ ओभरमा इश्वरजोत सोहिको बलमा आउट भए ।

कुशल आउट हुने तेस्रो ब्याटर थिए । उनी १९औ ओभरमा  क्यानाडाका कप्तान साद बिन जफरको बलमा स्टम्प भएका थिए । भिम सार्की पनि सादकै बलमा १७ रन बनाएर २३औ ओभरमा पेभेलियन फर्किए ।

कुशल मल्लले मध्यम सुरुवात गरेपश्चात ३२ बलमा २० रन बनाएर हर्ष ठाकेरको बलमा लङ्ग-अनमा क्याच आउट हुन पुगे । आरिफ शेखले केही बेर इनिङ सम्हाल्दै ५० बलमा ४ चौका सहित ३८ रन बनाएर भगवानकै बलमा बोल्ड हुन पुगे । त्यसपछि आउट भएका र धेरै समय पछि राष्ट्रिय टोलीमा फर्किएका पवन सर्राफले १५ रन मात्र बनाउन सके ।  

सोमपाल कामी २३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रन बनाएर ४९औ ओभरमा ठुलो सट प्रहार  गर्ने क्रममा लङ-अनमा क्याच आउट भए । आज डेब्यु गरिरहेका रिजन ढकालले ४ रन बनाए ।  ललित नारायण राजबंशी १ रन बनाएर इनिङको अन्तिम बलमा रनआउट भए । डेब्यु गरिरहेका अर्का खेलाडी सुर्य तामाङ १० रनमा नटआउट रहे ।  

क्यानाडाका लागि उदय भगवानले ८ ओभरमा १ मेडनसहित ४० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । कप्तान साद बिन जफरले १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए ।

यस्तै शाहिद अहमदजै, हर्ष ठाकेर र इश्वरजोत सोहीले समान १ विकेट लिए ।

June 14, 2025

एपिएफकी निरुता सर्वोत्कृष्ट खेलाडी

पोखरा (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबकी निरुता ठगुन्ना प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान गरेकी निरुताले उपाधिसहित ३० हजार रुपैयाँ प्राप्त गरिन् । विधागत पुरस्कारतर्फ ‌नेपाल पुलिस क्लबकी उषा भण्डारी उत्कृष्ट स्पाईकर, टिप टप न्यु डायमण्ड स्पोर्टस की सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, न्यु डायमण्डकी […]

June 14, 2025

सोनुको अद्भुत अलराउन्ड प्रदर्शनमा मेलम्ची समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]

June 14, 2025

चितवनमा पहिलो पटक खुल्यो आर्चरी सेन्टर

सुशील पन्त क्षेत्री, भरतपुर चितवनमा नै पहिलो पटक आर्चरी सेन्टर सञ्चालनमा आएको छ । भरतपुर ११ विशालचोकमा आज चितवन आर्चरी सञ्चालनमा आएको हो । आर्चरी सेन्टरको चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गरे । कार्कीले ७० हजार वर्ष पुरानो इतिहास बोकेको आर्चरी चितवनमा भित्रिनु सुखद भएको उल्लेख आर्चरी मानव विकासको इतिहाससँग जोडिएको […]

Success

Thank you for your time.