default_image

9 years ago

January 29, 2017

एसियाली सेन्ट्रल जोन छनोट भलिबलमा नेपाल इरानसँग पराजित

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला विश्व भलिबल च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोन छनोटमा विजयी सुरुआत गरेको नेपाल दोस्रो खेलमा भने इरानसँग पराजित भएको छ । शनिबार नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले २५–१२,२५–१२ र २५–१२ ले खेल गुमाए थियो ।

nepali-team

नेपालले पहिलो खेलमा शुक्रबार आयोजक माल्दिभ्सलाई २५–१७,२५–१७ र २५–१३ ले हराएको थियो । तीन राष्ट्रको सहभागिता रहेको छनोटमा आइतबार माल्दिभ्स र इरानबीच आइतबार खेल हुनेछ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) को आयोजनामा हुने प्रतियोगितामा नेपाली महिला टोलीले भाग लिन लागेको यो पहिलो पटक हो । नेपालको पुरुष टोलीले भने दुई पटक एभिसी एसियाली सेन्ट्रल जोन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिसकेको छ ।

लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी,प्रतिभा माली, नेविका चौधरी र उप कप्तान मञ्जु गुरुङले ओपन स्पाइकरको तथा रेश्मा भण्डारी र अरुणा शाहीले ब्याक स्पाइकमा छन् । कोपिला उप्रेती, उषाकुमारी विष्ट, र मनिषा चौधरीले क्विइक स्पाईकको भूमिका निर्वाह गर्नेछन् । टोलीमा दोश्रो सेटरको रुपमा कृपा अधिकारी र लिबे्ररोमा कमला पुन रहेका छन् ।

nepal-volleyball

nepali-team-1

pratibha

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.