default_image

2 years ago

March 4, 2024

लुम्बिनी महिला भलिबल- एपिएफ र कोशी सेमिफाइनलमा भिड्ने

2048 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

पाल्पाको रामपुरमा जारी प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता– २०८० को सेमिफाइनल समिकरण पूरा भएको छ । एपिएफ, कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

प्रतियोगितामा मंगलबार पहिलो सेमिफाइनलमा एपिएफ र कोशी तथा दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्ने भएका छन् ।

सोमबारका भएका छनौट चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई मधेशले २१–२५, २५–२०, २९–३१, २५–२२, ६–१५ ले र एपिएफले गण्डकीलाई २५–७, २५–१७, २५–९ ले पराजित गर्यो।

कर्णालीलाई लुम्बिनीले २५–१९, १७–२५, १०–२५, १७–२५ ले‌ र सुदूरपश्चिललाई कोशीले २०–२५, १९–२५, १४–२५ तथा बागमतीले मधेशलाई २५–६, २५–८, २५–१३ ले पराजित गरेका हुन् । आइतबार लगातारको वर्षका कारण कुनै पनि खेल हुन सकेन ।

पाल्पा जिल्ला भलिबल संघको आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रबद्र्धन प्रायोजक तथा नेपाल भलिबल महासंघको संयोजनमा शुक्रवारबाट प्रतियोगिता– २०८० सुरु भएको हो ।

फागुन २३ गते हुने प्रतियोगिताको फाइनलमा विजेताले २ लाख ५० , दोस्रो टोलीले १ लाख ५० हजार , तेस्रोले ७५ हजार र चौथो टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

Success

Thank you for your time.