default_image

2 years ago

March 13, 2024

आरबिबी एनभिए भलिबल च्याम्पियनसिप‌मा कुल २० टोली

2489 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने आठौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

संघको वार्षिक कार्यक्रम अनुरुप च्याम्पियन्ससिप चैत ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्‌को त्रिपुरेश्वरस्थित कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ टोली खेल्ने पक्का भएको छ ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, न्युटन चिल्ड्रेन एकेडेमी, मणिमुकुन्द भलिबल क्लब, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, नेपाल पुलिस क्लब, कोशी प्रदेश, नेपाल एपिएफ क्लब, कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, बुढानिलकण्ठ भलिबल क्लब र ढोरपाटन क्लब छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, चन्द्रागिरी नगरपालिका न्यू डायमन्ड, मधेश प्रदेश, नेपाल एपिएफ लब, एभरेष्ट भलिबल क्लब, कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब छन् । च्याम्पियनसिपबाट महिलातर्फ शीर्ष ६ र पुरुषतर्फ ८ शीर्ष टोली एनभिए लिगका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय बाणिज्य बैंकले गरेको छ । लगातार छैटौं वर्ष साथ दिएको वाणिज्य बैंकले संघलाई मुख्य प्रायोजन वापत १८ लाख रुपैयाँ प्रदान गर्नेछ । प्रतियोगिताको दुवै तर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४०‌ हजार तथा विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही ‌समान १५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा झन्डै ५५ लाख रुपैयाँ खर्च हुने संघको अनुमान छ ।

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

Success

Thank you for your time.