2 years ago
April 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनालाई सम्मान गरेको छ ।
संघले शुक्रबार आयोजना गरेको चौथो एनभिए अवार्डका क्रममा सम्पादक तिमल्सिनालाई सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, एनभिएका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठले तिमल्सिनालाई सम्मान गरेका हुन् । सम्मान पत्रसहित तिमल्सिनालाई ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
काभ्रेपलान्चोक बेथानोक २ का तिमल्सिनाले २०५९ सालमा अन्नपूर्ण दैनिकबाट खेल पत्रकारिता सुरु गरेका थिए । २०६५ देखि २०७३ मा नागरिक दैनिकमा आबद्ध तिमल्सिनाले २०७३ बाट हाम्रो खेलकुदको सम्पादकको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
उषा र रविन सर्वोत्कृष्ट खेलाडी घोषित
नेपाल पुलिस क्लबका उषा भण्डारी र रविन चन्द वर्ष उत्कृष्ट भलिबल खेलाडी घोषित भएका छन्। नेपाल भलिबल संघ (एनभिए) ले शुक्रबार आयोजना गरेको चौथो एनभिए अवार्डमा पुलिसको वर्चश्व रह्यो।

संघले आयोजना गरेको एनभिए अवार्डमा सर्वोत्कृष्ट अवार्डमा पुलिस क्लबका उषा र रविन समान ५० हजार रुपैयाँ प्राप्त गरे।
वर्ष उदियमान खेलाडी अवार्ड महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्टस क्लबकी प्रगती नाथ र पुरुषतर्फ नेपाल एपिएफ क्लबका हेमन्त मल्लले प्राप्त गरे। उनीहरुले समान ५० हजार रुपैयाँ हात पारे।
वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड महिलातर्फ पुलिस क्लबका रुपेश कुमार विष्ट र पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघका रमेश केसीले प्राप्त गरे। उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त गरे। नेपाल पुलिस क्लब महिलातर्फ र गण्डकी प्रदेश भलिबल संघले बर्षको उत्कृष्ट टिम अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट टिम समान २ लाख रुपैयाँ प्राप्त गरे।
यस्तै राष्ट्रिय टोलीका पुर्व कप्तान तथा नेपाल पुलिस क्लबका कप्तान इम रानालाई ५० हजार रुपैयाँ सहित सम्मान गरेको थियो। । संघले राष्ट्रिय वाणिज्य बैकका पुर्व सिइओ किरण कुमार श्रेष्ठ र नेदरल्याण्ड्स भलिबल संघका अध्यक्ष पटिर स्प्रिङगरलाई सम्मान गरेको छ।
यसै अवसरमा संघले वर्षभरि सन्तोषजनक काम गर्ने विभाग, जिल्ल, प्रदेश र क्लबहरुलाई पनि सम्मान गरेको छ।
संघले एपीएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ। मधेश प्रदेश भलिबल संघ, संखुवासभा जिल्ला भलिबल संघ, कञ्चनपुर जिल्ला भलिबल संघ, सुर्खेत जिल्ला भलिबल संघ, पाल्पा जिल्ला भलिबल संघ, जावलाखेल भलिबल संघ, ढोरपाटन भलिबल क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लबलाई सम्मान गरेको छ।

यस्तै किंग्स क्लब, काठमाडौ, दावाली मिलन क्लब, स्व. केशलाल स्मृति प्रतिष्ठान, हेटौँडा, स्व. शेर बहादुर स्मृति प्रतिष्ठान, मणिमुकुन्द भलिबल क्लब, बुटवल, चन्द्रागिरी नगरपालिका न्युडायमण्ड महिला भलिबल टिम, टाइगर ग्रुप अफ पोखरा, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश भलिबल संघ, म्याग्दी जिल्ला भलिबल संघ र बुढानिकण्ठ भलिबल क्लबलाई सम्मान गर्यो।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एनभिए अध्यक्ष जीतेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायतले अवार्ड प्रदान गरेका थिए।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]
December 6, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]