default_image

9 years ago

February 2, 2017

न्यु डाइमन्डलाई एपिएफ महिला भलिबल उपाधि

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक एपिएफलाई हराउँदै न्यु डाइमन्ड एकेडेमीले चौथो सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा भएको फाइनल रोमाञ्चक फाइनलमा एपिएफलाई ३–२ ले हराउँदै न्यु डाइमन्डले उपाधि जितेको हो ।

new-dimond

पहिलो सेट गुमाउनका वावजुद न्यु डाइमन्डले १५–२५, २५–२३,२५–१६,१६–२५ र १५–१२ ले नजिता आफ्नो पक्षमा पारेको थियो । एपिएफका प्रशिक्षक प्रकाश थपलियाले रिसिफ र डिफेन्स कमजोर भएका कारण खेल हार्नु परेको बताए । उनले ‘मुख्य कमजोरी रिसिफ र डिफेन्समा भयो । काउन्डर अट्याकमा पनि हामी सफल हुन सकेनौं ।’
न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक कुमार राईले खेलाडीहरु उच्च मनोबलका साथ खेलेर उपाधि जितेको बताए । उनले ‘हाम्रा सबै खेलाडीले उत्कृष्ट खेल खेले । एपीएफको मुख्य हतियार स्पाइक र ब्लकलाई सफल हुन नदिंदा हामी सफल भएका हौं । ’
बिहीबार नै फाइनल अघि नेपाल पुलिसलाई हराउँदै पश्चिमाञ्चलले तेस्रो स्थान प्राप्त गर्यो । पश्चिमाञ्चलकी मञ्जु गुरुङ वमन अफ दी म्याच घोषित खेलमा पश्चिमाञ्चल २५–२१, २५–२१ र २५–१७ को सोझो सेटमा विजयी भयो ।
फाइनलमा समेत वुमन अफ दी म्याच बनेकी न्यु डाइमन्डकी प्रतिभा माली प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइर् । पुरस्कार स्वरुप उनले यामाहा कम्पनीको स्कुटर प्राप्त गरिन् । त्यस्तै विधागत रुपमा उत्कृष्ट स्पाइकर एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट ब्लकरमा एपीएफकै नेविका चौधरी र उत्कृष्ट सेटर एपीएफकै बिनिता बुढाथोकी घोषित भइन् । न्यु डायमन्डका कृपा अधिकारी उत्कृष्ट सर्भर र सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स चयन भए । न्यु डायमन्डका राई उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।
न्यु डायमन्डले उपाधिसहित २ लाख ५० हजार तथा एपिएफले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्यो । तेस्रो स्थान पश्चिमाञ्चलले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.