2 years ago
April 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज एकअर्काको सामना गर्दैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा जारी प्रतियोगितामा शनिबार दिउँसो २ः०० बजे एपिएफले पुलिसको सामना गर्नेछ । साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टोली भने यसपटक फाइनल पुग्नबाट असफल रह्यो ।
लिग चरणको तेस्रो तथा अन्तिम खेलमा न्यु डायमण्डलाई ३–२ को सेटले हराउँदै एपिएफ फाइनल पुगेको थियो । गत वर्ष न्यु डायमण्ड र एपिएफबीच फाइनल भएको थियो ।
प्रतियोगिताको पहिलो दिन लिग चरणको खेलमा एपिएफले पुलिसलाई ३–१ ले हराएको थियो । सोही दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै न्यु डायमण्डले जितबाट यात्रा सुरु गरेको थियो ।

एपिएफसँग पहिलो खेल गुमाएपनि त्यसपछि न्यु डायमण्ड र आर्मीलाई हराउँदै पुलिस अन्तिम दुईमा पुगेको थियो । आज दिउँसो १२ः०० बजे आर्मी र डायमण्डबीच तेस्रो स्थानको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार र दोश्रो टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिक्षित खेलमा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच खेल हुँदैछ। टस जितेेर विराटनगरका कप्तान सन्दीप लामिछाने फिल्डिङ रोजेको छ। सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने छ। सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक मात्र टोली हो। जसले लगातार छैटौं खेल जितेर एक खेल अगाडि नै क्वालिफायर वानमा स्थान सुरक्षित गरिसकेको […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]