9 years ago
February 3, 2017
पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सफल आयोजना पछि अब पोखरा भलिबल आयोजनाको तयारीमा जुटेको छ । सृजना विकास केन्द्र सिमलचौरको मुख्य प्रायोजनमा हुने सृजना आमन्त्रण अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएका छन् ।

कास्की जिल्ला तथा पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा हुने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । शनिबार सुरु हुने प्रतियोगिता माघ २९ गते सम्म चल्नेछ ।
८ दिने प्रतियोगितामा नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र भारतको उत्तर प्रदेश भलिवल संघबाट महिला /पुरुष टिमको सहभागीता रहने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । त्यसै गरि न्यु डायमण्ड एकेडेमीबाट महिला टोली र हेल्प नेपाल स्पोट्र्स क्लबबाट पुरुष टोलीको मात्र सहभागीता रहने उनले बताए ।
लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका विजेताले महिला /पुरुष टोलीले उपाधिसहित एकलाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । त्यस्तै दोस्रो हुने टोलीले ७७ हजार ७ सय ७७ रुपैया, तेस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको दुवैतर्फ उत्कृष्ट खेलाडीले १० हजार, वेष्ट स्पाइकर, वेष्ट ब्लकर, वेष्ट सटर, वेष्ट डिफेन्स र वेष्ट सर्भरले जनही ५ हजार रुपैया पाउने प्रतियोगिताका सचिवालय उपसमिति संयोजक डिबी नेपालीले बताए । शनिबार उद्घाटन खेल त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]