9 years ago
February 4, 2017
पोखरा (हाम्रो खेलकुद) – पोखरामा प्रथम सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास संघ, पश्चिमाञ्चल भलिबल संघ र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पोखरा रंगशालामा शनिबारको उद्घाटन खेलमा आर्मीले अर्को विभागिय टोली एपिएफ क्लबलाई ३—० ले हरायो ।

गत साता आफ्नै आयोजनामा राष्ट्रिय स्तरको भलिबलको उपाधि जितेमो आर्मीले एपिएफलाई २५—१९, २९–२७ र २५¬–२१ ले हराएको थियो । सृजना विकास केन्द्र कास्कीको प्रायोजनमा भएको प्रतियोगिताको सांसद रविन्द्र अधिकारीले रेफ्री नारायण बहादुर भण्डारीलाई भलिबल प्रदान गर्दै उद्घाटन गरेका थिए ।
सांसद अधिकारीले प्रतियोगिताको उद्घाटन गर्दै भलिबलको उर्वर भूमी पोखरालाई खेलकुद र खेल पर्यटनको राजधानी बनाउन आफु लागि पर्ने प्रतिवद्धता जनाए । उनले राजनीतिमा पनि प्रतिस्पर्धा हुने तर खेलमा जस्तै स्वच्छ प्रतिस्पर्धा नहुने भन्दै राजनीतिमा पनि स्वच्छ प्रतिस्पर्धा भएमा राष्ट्रको उन्नती तथा विकास हुने बताए । यस्तै अर्का सांसद सारदा शर्माले पोखराको रंगशालालाई अन्तराष्ट्रिय रगंशालाको रुपमा निर्माण गर्न आफु लागि पर्ने बताईन् ।
प्रतियोगितामा निर्णायकको तर्फबाट राष्ट्रिय रेफ्रि, पश्चिमाञ्चल भलिबल संघका सह कोषाध्याक्ष एवं प्रतियोगिता प्राविधिक कमिटिका संयोजक नारायण बहादुर भण्डारी र खेलाडीहरुका तर्फबाट एपिएफका अन्तराष्ट्रिय खेलाडी महेन्द्र श्रेष्ठले सपथ गरेका थिए । माघ २९ गते सम्म संचालन हुने प्रतियोगितामा महिला र पुरुष दुवै तर्फ नेपालका पाँच र भारतको एक गरि ६÷६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा दुवैतर्फको विजेताले १ लाख ५५ हजार ५सय ५५, दोस्रो हुनेले ७७ हजार ७ सय ७७ र तेस्रो हुने टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै अलग अलग विधा उत्कृष्ट लिफ्टर, ब्लकर, सेटर, स्पाईकर, डिफेन्डर र सर्भरलाई समान ५ हजार रुपैयाँ पाउनेछन् ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]