9 years ago
February 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – फुन्सोक निमा लामाले लुम्बिनी इन्सुरेन्स आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा शुक्रबार र शनिबार भएको दुईदिने प्रतियोगितामा फुन्सोकले ४२ अंक बनाएका थिए ।

स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालित प्रतियोगितामा ३८ अंक बनाएका पवित्रकुमार कार्की दोस्रो भए । बेस्ट ग्रोसको उपाधि निश्चयजंग रायमाझीले हात पारे । निश्चयले ३० अंक बनाएका थिए । महिलातर्फको उपाधि प्रतिमा शेर्पाले जितिन् । प्रतिमाले ३६ अंक बनाएकी थिइन् । ३२ अंक बनाएकी पवित्रा याक्थुम्बा दोस्रो भइन् ।
सिनियर (६० वर्षमाथि) ३४ अंकका बनाएका विजय मोक्तान विजयी भए । सिनियरमा ३१ अंक बनाएका महेशबहादुर कार्की दोस्रो भए । फुन्सोकले मोस्ट बर्डीको उपाधि पनि जिते । उनले चारवटा बर्डी हालेका थिए । लंगेस्ट ड्राइभको पुरस्कार प्रकाश गुरुङले जिते । क्लोजेस्ट टु द पिन र बेस्ट स्पोर्टस् म्यानसिपको पुरस्कार विकास राणाले हात पारे । लुम्बनी इन्सुरेन्सले प
हिलोपटक आयोजना गरेको प्रतियोगितामा एक सय एमेच्योर गल्फरले भाग लिएका थिए ।
लुम्बनी इन्सुरेन्सले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा ८० एमेच्योर गल्फरले भाग लिएका थिए । विजेतालाई आरएनजिसीका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष मधुकर याकथुम्बा, लुम्बिनी जनरल इन्जुरेन्सका अध्यक्ष मनोहरदास मुल, आरएनजिसीकी महिला कप्तान पवित्रा याकथुम्बा, आरएनजीका पूर्व अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, हिमालयन जनरल इन्सुरेन्सका संस्थापक अध्यक्ष हिमालयशमशेर राणा, हिमालयन जनरल इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपि प्रधानले पुरस्कृत प्रदान गरे । आरएनजिसीका सचिव रविन्द्रमान शेरचनले धन्यवादज्ञापन गरेका थिए ।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]