9 years ago
February 6, 2017
लेस्टर (एजेन्सी)–म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा अपराजित यात्रालाई १५ खेलसम्म पुर्याउने क्रममा आइतबार साविक विजेता लेस्टरमाथि ३–० को सहज जित हासिल गरेको छ । हेन्रिक मखिटारियन, ज्लाटान इब्राहिमोभिक र हुँवा माटाको गोलमा टोलीले जित निकालेको थियो ।

सुरुआतमा बराबरीको टक्कर देखिएको खेलमा विस्तारै युनाइटेडले नियन्त्रण बनाउँदै लगेको थियो । मार्कोस रसफोर्डको प्रहारलाई लेस्टरका गोलकिपर कास्पर सेचमिचेलले रोकेका थिए । तर, मखिटारियनले ४२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए । त्यसको दुई मिनेट बित्न नपाउँदै इब्राहिमोभिकले गोल गरे । प्रिमियर लिगमा एकै सिजन १५ गोल गर्नेमा उनी सबैभन्दा पाका खेलाडी पनि बनेका छन् । दोस्रो हाफको चौथो मिनेटमा माटाले अर्को गोल गर्दै युनाइटेडको जितलाई सहज बनाएका थिए ।
जितका वावजुद युनाइटेड (४५ अंक) लिग तालिकाको छैटौं स्थानमा यथावत छ । टोली पाँचौं स्थानको लिभरपुलभन्दा १ अंकले पछाडी छ । आइतबार नै स्वान्सी सिटीलाई २–१ ले हराउँदै म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लेको छ । शीर्षस्थानको चेल्सीको ५९, दोस्रो स्थानको टोटेनह्यामको ५०, सिटीको ४९, चौथो स्थानको आर्सनलको ४७ अंक छ । लेस्टर १६ औं स्थानमा छ भने टोलीको रेलिगेसन क्षेत्रमा रहेका टोलीको भन्दा १ अंकमात्र बढी छ ।

December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]