default_image

1 year ago

July 20, 2024

काभा यु २० महिला भलिबल – नेपालको पहिलो जित

4629 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्समा जारी काभा यू२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली‌ टोलीले पहिलो जित हासिल गरेको छ।

अघिल्ला दुई‌ खेलमा पराजय भोगेको नेपाली टोलीले शनिबार आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो । नेपालले माल्दिभ्सलाई २५-१६, २५-९, २५-१० ले हराएको हो।

लिग चरणमा‌ नेपाल तेस्रो भएको छ । नेपालले अंक तालिकाको दोस्रो स्थानमा‌ रहने टोलीसँग सेमिफाइनल खेल्नेछ।

पहिलो र दोस्रो स्थानलका लागि समान ६ अंक भएका किर्गिजस्तान र श्रीलंकाबीच आजै खेल हुनेछ। शीर्षस्थानमा रहने टोलीले अंक तालिकाको‌ पुछारको माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

माल्दिभ्सले सबै ३ खेल गुमाएको थियो। नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ र किर्गिस्तानसँग ३-० ले पराजित भएको थियो।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.