default_image

9 years ago

February 6, 2017

दोहोरो जितसंगै एपिएफ सेमिफाइनलमा

154 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बलको एपिएफ क्लब पोखरामा जारी सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७३ को महिला तर्फ सोमबार ग्रुप ए बाट सेमिफाईनलमा प्रवेश गरेको छ ।

western-volleyball-yellow-and-apf

एपिएफको महिला टिमले आफ्नो दोश्रो खेलमा पश्चिमाञ्चललाई २५–१७, २५–१० र २५–१९ को सोझो ३–० को सेटमा पराजित गर्दै कुल ६ अंकका साथ सेमिफाईनलमा स्थान बनाएको हो । एपिएफले पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–०ले पराजित गरेको थियो ।

सृजना विकास केन्द्रको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष तर्फको ग्रुप बिको खेलमा पनि एपिएफले जित हात पारेको छ । आर्मी संग पराजित रहेको एपिएफले क्लब लिग च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब काठमाण्डौलाई ३–१ ले पराजित गर्दै ३ अंक बुटुल्न सफल भयो । पहिलो र दोश्रो खेलमा २५–२२ र २५–१३ ले जित हात पारेको एपिएफ तेश्रो खेलमा हेल्प नेपाल संग निरिह भयो । तेश्रो सेटमा हेल्प नेपालले एपिएफलाई २५–२०ले पराजित ग¥यो । चौथो सेटमा एपिएफले २५–१९ले हेल्प नेपाललाई जित्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भएको हो ।

पश्चिमाञ्चल भलिबल संघको आयोजना, कास्की जिल्ला खेलकुद विकास समिति तथा पश्चिमाञ्चल खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगिताको ग्रुप बिको खेलमा न्यू डायमन्डले नेपाल पुलिस संग अंक बाड्न बाध्य भएको छ । बेष्ट अफ फाइभको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ सेटले पराजित गर्दै अंक बाँडेको हो । डायमन्डले २ अंक प्राप्त ग¥यो भने पुलिसले हारेता पनि १ अंक प्राप्त गर्न सफल भयो । यस संगै पुलिसको ४ अंक भएको छ । आफ्नो पलिलो खेलमा पुलिसले भारतको उत्तर प्रदेश भलिबल संघलाई पराजित गर्दै ३ अंक प्राप्त गरेको थियो ।

पहिलो सेटमा १९–२५ ले हारेको डायमन्डले दोश्रो सेटमा पुलिसलाई १४ अंकमा रोक्दै जित हात पा¥यो । तेश्रो सेटममा पुनः २२ अंकमा रोकिंदै हार व्यहोरेको डायमन्डले चौथो सेट २५–२० र निर्णायक खेलमा १५–९ले पराजित गर्दै कठिन जित हात पार्न सफल भयो ।

यस्तै पुरुष तर्फको ग्रुप ए को खेलमा नेपाल पुलिस क्लबले आयोजक पश्चिमाञ्चललाई ३–०को सोझो सेटमा पराजित गर्दै ३ अंक हात पा¥यो । पुलिसले आयोजकलाई २५–१०, २५–१९ र २५–१८ अंकले पराजित ग¥यो ।

भोलिको पहिलो खेल महिला तर्फ न्यू डायमन्ड र उत्तर प्रदेश भारतविच ९ः३० बजे, दोश्रो खेल पश्चिमाञ्चल र त्रिभुवन आर्मीविच १ः३० बजे तथा पुरुष तर्फ पहिलो खेल पश्चिमाञ्चल र उत्तर प्रदेश भारतविच ११ः३० बजे तथा दोश्रो खेल हेल्प नेपाल स्पोर्टस् क्लब र नेपाल आर्मीविच ३ः३० बजे हुने छ ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.