default_image

9 years ago

February 8, 2017

सूर्य नेपाल वेस्टर्न ओपनमा रविको अग्रता

197 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– सूर्य नेपाल वेस्टर्न ओपन गल्फको पहिलो दिन रवि खड्काले अग्रता लिएका छन् । हिमालयन गल्फ कोर्स पार ७० मा बुधबार सुरु भएको प्रतियोगिताको पहिलो दिन रविले १ अन्डर ६९ को कार्ड बनाउँदै सूर्य नेपाल गल्फ टुर २०१६–१७ अन्र्तगतको तेस्रो प्रतियोगितामा अग्रता बनाएका हुन् ।

ravi khadka golf

नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ, साविक विजेता धनबहादुर थापा र भुवन नगरकोटी इभन पार ७० को कार्ड बनाउँदै संयुक्त रुपमा दोस्रो स्थानमा छन् । भुबहादुर गुरुङ ३ ओभर ७३ को कार्ड बनाउँदै पाँचौं स्थानमा छन् भने कमल तामाङ, दीपक मगर र बलबहादुर राई ४ ओभर ७४ को कार्ड बनाउँदै छैटौं स्थानमा छन् । सञ्जय लामा ५ ओभर ७५ को प्रदर्शन गर्दै नवौं र मिथुन राई ६ ओभर ७६ को कार्ड बनाउँदै दसौं स्थानमा छन् ।

शीर्षस्थानका रविले फ्रन्ट नाइनमा ३७ को कार्ड बनाए भने ब्याक नाइनमा ३ अन्डर ३२ को प्रदर्शन गरे । दोस्रो होलमा डबल बोगी खेपेपनि रविले बाँकी आठ होलमा पार जोगाएका थिए । उनले ब्याक नाइनको १०औं,१४औं,१५औं,१६औं र १७ औं होलमा बर्डी गरे भने १३ औं होलमा डलब बुगी खेपे ।

शिवरामले पनि फ्रन्ट नाइमा ३७ को कार्ड बनाउँदा ब्याक नाइनमा २ अन्डर ३३ को प्रदर्शन गरे । फ्रन्ट नाइनको पहिलो, तेस्रो र छैटौं होलमा बोगी खेपेपनि शिवरामले नवौं होलमा बर्डी गरे । ब्याक नाइनमा १२ औं हलमा बोगीको सामना गरे पनि १५ औं,१७औं र १८ औं होलमा बर्डी बनाए ।

एमेच्योरतर्फ ४ ओभर ७४ को कार्ड बनाएका कमल तामाङ शीर्षस्थामा छन् । उनले फ्रन्ट नाइनमा ४ ओभर ३९ तथा ब्याक नाइनमा इभन पार ३५ को कार्ड बनाए । मिथुन राई ६ ओभर ७६ र युवराज भुजेल ८ ओभर ७८ को कार्ड बनाउँदै तेस्रो स्थानमा छन् ।

२८ व्यवसायिक र १३ एमेच्योर गरि ४१ गल्फरको सहभागिता रहेको प्रतियोगिता नेपाल प्रोफेसनल गल्फर एसोसिएसनले आयोजना गरेको हो भने सूर्य नेपाल प्रालीले प्रायोजन गरेको हो । २१ व्यवसायक र ६ एमेच्योर खेलाडीले अन्तिम १८ होलमा प्रतिस्पर्धा गर्नेछन् । ६ लाख रुपैयाँ कुल पुरस्कार रहेको वेस्टर्न ओपनको विजेताले १ लाख १० हजार , दोस्रो हुनेले ७० हजार, तेस्रो हुनेले ४५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष २१ सम्म आउने खेलाडीले नगद पुरस्कार जित्ने छन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.