9 years ago
February 10, 2017
पोखरा (हाम्रो खेलकुद)– आयोजक पश्चिमाञ्चलले सृजना अन्तर्राष्ट्रिय आमन्त्रण भलिबलको महिला र पुरुष दुवैमा तेस्रो स्थान प्राप्त गरेको छ । दुवैतर्फको फाइनलमा पश्चिमाञ्चलले विभागिय टोलीमाथि जित हासिल गरेको थियो । महिलातर्फ नेपाल पुलिस क्लबलाई हराएको पश्चिमाञ्चलले पुरुषतर्फ एपिएफलाई पराजित गरेको थियो ।

पश्चिमाञ्चल महिलातर्फ २५–२१,२५–२२ र २६–२४ सोझो सेटको जित निकालेको थियो । १८–१३ ले पछि परेरपनि पश्चिमाञ्चलले दोस्रो सेट आफ्नो पक्षमा पार्दै जितको आधार तयार पारेको थियो ।
पाँच सेट सम्म चलेको पुरुषको खेलमा पश्चिमाञ्चल विजयी भएको थियो । पहिलो दुई सेट गुमाएपनि पनि पश्चिमाञ्चलले खेलमा सफल पुनरागमन गरेका थिए । पश्चिमाञ्चल २३–२५, १५–२५,२५–२३, २५–१५ र १५–१३ ले विजयी भएको थियो ।
पश्चिमाञ्चलकी मञ्जु गुरुङ वमन अफ दी म्याच र काजी केसी म्यान अफ दी म्याच घोषित भए । पश्चिमाञ्चलले महिला र पुरुष दुवै टोलीले समान ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्यो । तृतीय स्थानको पुरस्कार महिला तर्फ हाल युकेमा रहेकी प्रिती गुरुङ्ग पोखराले र पुरुष तर्फको पुरस्कार पोखरा भलिबल क्लब सिड्नी, अष्ट्रेलियाले प्रदान गरेका हुन् ।
पश्चिमाञ्चल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र कास्की जिल्ला खेलकुद विकास समितिको सहयोगमा सञ्चालित प्रतियोगितामा दुवैतर्फको फाइनल शनिबार हुनेछ ।

भलिबलमा सहयोग
सृजना अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि विदेशमा बस्ने पूर्व खेलाडी, प्रशिक्षक, रेफ्रि तथा भलिबल प्रेमीहरुबाट सहयोग आउने क्रम जारी रहेको कास्की जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
साँग्रिला करी हाउस हङकङकी प्रोपाईटर सावित्री खड्काबाट महिलातर्फको दोस्रो पुरस्कार ७७ हजार ७ सय ७७ रुपैया ,रेफ्रि मनबहादुर बाट ४७ हजार २५ रुपैया, हङकङमा रहेका रेफ्रि रविन थापा मगरबाट १५ हजार र मनबहादुर गुरुङबाट १५ हजार गरि कुल १ लाख ५४ हजार ८ सय २ रुपैया सहयोग गरेका छन् । राष्ट्रिय भलिबल रेफ्रि रविन थापा मगरले कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङलाई शुक्रबार रकम हस्तान्तर गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]