default_image

9 years ago

February 11, 2017

सृजना आमन्त्रण भलिबलको महिला उपाधि एपिएफलाई

167 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले सृजना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा एपिएफले न्यु डाइमन्डलाई ३–१ ले हराउँदै एपिएफले उपाधि जितेको हो ।

apf

यो जितसँगै एपिएफले आफ्नै आयोजनामा भएको एपिएफ आइजिपी कपको हारको बदला लिएको छ । त्यति बेला फाइनलमा एपिएफ न्यु डाइमन्डसँग पराजित भएको थियो । एपिएफले शनिबारको फाइनल २५–१८,२५–१४,१७–२५ र २५–१५ ले हराएको थियो ।

शनिबार हारपछि न्यु डाइमन्ड बर्षको चौथो उपाधि जित्नबाट बञ्चित रह्यो । यसअघि न्यु डाइमन्डले लामाचौर भलिबल प्रतियोगिता, क्लब च्याम्पियनसिप र एपिएफ भलिबल प्रतियोगिता जितेको थियो । विजेता एपिएफले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो भएको न्यु डाइमन्डले ७७ हजार ७ सय ७७ रुपैयाँ पाउनेछ ।

शुक्रबार पुलिसलाई हराउँदै हराउँदै पश्चिमाञ्चले पुरुषतर्फ तेस्रो स्थान प्राप्त गरेको थियो । तेस्रो हुने टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको थियो । शनिबार नै पुरुषतर्फ पुलिसलाई हराउँदै आर्मीले उपाधि जितेको थियो ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.