default_image

9 years ago

February 11, 2017

सृजना आमन्त्रण भलिबलमा सरस्वती र धनबहादुर सर्वोत्कृष्ट खेलाडी

184 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– एपिएफकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट सृजना आमन्त्रण अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सरस्वतीको टोलीले महिलाको फाइनलमा न्यु डामन्डलाई र पुरुषतर्फ आर्मीले अर्को विभागिय टोली नेपाल पुलिसलाई समान ३–१ सेटले हराउँदै उपाधि जितेका थिए ।

volley-ball-apf

महिलातर्फको विजेता एपिएफका खेलाडी ।

महिला तर्फ न्यू डायमण्डका खेलाडी चार विधामा उत्कृष्टको बाजी मा¥यो । न्यु डायमण्डकी प्रतिभा मालीले उत्कृष्ट स्पाईकर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेण्डर, ललिता नाथ उत्कृष्ट ब्लकर र कृपा अधिकारी उत्कृष्ट सेटर घोषित भए । एपिएफकी रेश्मा भण्डारी उत्कृष्ट सर्भर घोषित भइन् ।
पुरुषतर्फ आर्मीका शमसेरबहादुर चन्द उत्कृष्ट डिफेन्डर, हरि अधिकारी उत्कृष्ट ब्लकर, पुलिसका इमबहादुर उत्कृष्ट सेटर, आर्मीका मान बहादुर श्रेष्ठ उत्कृष्ट सर्भर र पुलिसका कुल बहादुर थापा उत्कृष्ट स्पाईकर घोषित भए । सर्वोत्कृष्टले नगद १० हजार र उत्कृष्टले नगद ५ हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई राष्ट्रय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा भलिबल खेलको विकास र विस्तामा सहयोग पुर्याएको भन्दै पूर्व भलिबल खेलाडी एवं बिदेशमा गएर ब्यबसायिक खेल्ने प्रथम खेलाडी सशस्त्र प्रहरी बलका महानिरीक्षक दूर्ज कुमार राईलाई सम्मान गरिएको थियो ।

पोखरामा भलिबल खेलको विकासमा सदा सहयोग पुर्‍याउनु हुने कास्की जिल्ला एपिएफ गणपती एसएसपी कृष्ण भक्त ब्रम्हचार्यलाई दोसल्ला आढाई राखेप सदस्य सचिव विष्टले सम्मान गरे । त्यस्तै सृजना विकास केन्द्रका अध्यक्ष अर्जून कुमार श्रेष्ठलाई प्रशंसा पत्रद्वारा सम्मा गरिएको थियो । यस्तै प्रतियोगितालाई सफल पार्न सहयोग पुर्याउनेलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

img_31591-1

उपाधिका साथ त्रिभुवन आर्मी टोली ।

img_31501-1

उपाधिका साथ एपिएफ टोली ।

ssp-krishna-bhakta-of-apf-2

राखेपका सदस्य सचिव केशवकुमार विष्टसँग सम्मान ग्रहण गर्दै शसस्त्र प्रहरी बलका महानिरिक्षक दुर्जकुमार राई ।

volleyball

राखेपका सदस्य सचिव केशवकुमार विष्टसँग ग्रहण गर्दै पश्चिम क्षेत्रिय शसस्त्र प्रहरी बलको मुख्यालय मुक्तिनाथका वाहिनी पति केबी ब्रमचार्य ।

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.