9 years ago
February 18, 2017
पाथिभारा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको अन्तिम लिग खेलमा शनिबार पुलिसले अर्को विभागिय टोली त्रिभुवन आर्मीमाथी ३–२ को रोमाञ्चक जित निकाल्दै विजेता बनेको थियो।

पुलिस १९–२५, २५–१५, २५–२०,२२–२५ र १५–११ ले विजयी भएको थियो । भानु जन मावीमा भएको खेलमा आर्मीले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । कुलबहादुर थापा र चन्द्रवहादुरको उत्कृष्ट प्रदर्शनमा पुलिसले खेलमा पुनरागमन गदै लगातर दोश्रो र तेश्रो सेट २५–१५ र २५–२० ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा आर्मीले २०–२२ को अवस्थालाई उल्टाउदै लगातार ५ अंक जोडेर २५–२२ ले सेट जित्यो । आर्मीले पाँचौ सेटमा ८–५ को अग्रतामा कोर्ट परिवर्तन गरेको थियो । कुलवहादुर थापा र चन्द्रवहादुर कुवारको उत्कृष्ट प्रदर्शनमा खेलमा फर्किएको पुलिसले लगातार ५ अंक बडुलेर १०–८ को अग्रता लिएको थियो ।
त्यस पश्चात आर्मीले १ अंक जोड्दा पुलिसले आफ्नो अंक तालिकामा ५ अंक जोड्दै १५–११ ले नतिजा आफ्नो पक्षमा पार्यो । राउण्ड रोविन लिगका आधारमा खेल सञ्चालन भएको प्रतियोगितामा पुलिस ४ खेलबाट १२ अंक जोड्दै शिर्ष स्थानमा रहन सफल भयो । दोश्रो स्थानमा रहेको आर्मी ४ खेलबाट ९ अंक जोड्यो ।
आफ्नो अन्तिम लिग खेलमा जित्दै एपिएफ तेस्रो भयो । एपिएफले पूर्वाञ्चललाई २५–१३,२५–१८ र २५–८ ले हराउदै तेश्रो स्थानमा सुरक्षित पारेको हो । एपीएफले ४ खेलबाट ६ अंक जोडेको छ । पूर्वाञ्चलले ४ खेलबाट २ अंक जोड्न सफल भयो । मध्यामञ्चल ४ खेलबाट १ अंकमा सिमित भयो ।
प्रतियोगिताको विजेता पुलिसले उपाधिसहित ३ लाख ३० हजार र दोस्रो भएको आर्मीले १ लाख ६५ हजार रुपैयाँ प्राप्त गरे । तेस्रो एपिएफ र चौथो पूर्वाञ्चलले समान ३५ हजार रुपैयाँ पाए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी चुनिएका पुलिसका स्पाईकर कुलवहादुर थापाले १० हजार रुपैयाँ प्राप्त गरे । विधागततर्फ उत्कृष्ट स्पाइकर पुलिसका चन्द्रवहादुर कुवँर, उत्कृष्ट सेटर पुलिसका इम रानामगर, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्स आर्मीका इश्वर थापामगर र उत्कृष्ट सर्भर आर्मीका हरिहजुर थापा चुनिए । उनीहरुले ५ हजार रुपैयाँ पाए ।
सभासद् भुपेन्द्र थेबे,प्रमुख जिल्ला अधिकारी,मुख्य प्रायोजक इश्वरी पौडेल,बलबहादुर तामाङलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । प्र्रतियोगितामा आठ टोलीको सहभागिता रहने भनिए पनि अन्तिम समयमा आएर पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलले भाग नलिएपछि राउण्ड रोविन लिगका आधारमा खेल सञ्चालन गरिएको हो ।
अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार पाँचवटा टोलीमात्र सहभागी भए प्रतियोगिता लिन कम नकआउटका आधारमा नभई रोउण्ड रोविन लिगका आधारमा सञ्चालन गर्नुपर्ने हुन्छ । यसअघि प्रतियोगिताको पहिलो संस्करण पूर्वाञ्चल क्षेत्रीय स्तरमा सम्पन्न भएको थियो । उक्त संस्करणमा ओखलढुंगा भलिबल संघ पहिलो, भोजपुर जिल्ला भलिबल संघ दोस्रो र शंखुवासभा जिल्ला भलिबल संघ तेस्रो भएका थिए । पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः दुई लाख ५० हजार, एक लाख ५५ हजार र एक लाख एक हजार रुपैयाँ पुरस्कार पाएका थिए । प्रतियोगिता ताप्लेजुङमा रहेको प्रसिद्ध शक्तिपिठ पाथीभरा माताको नाममा आयोजना गरिएको हो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]