default_image

11 months ago

January 20, 2025

टाइगर कप भलिबलको तयारी अन्तिम चरणमा, अनलाइन टिकट किन्न सकिने

2261 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशाला हाता भित्र हुने प्रतियोगितामा २ विदेशीसहित महिला र पुरुष दुवैतर्फ समान ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

विदेशी टोलीमा महिलातर्फ थाइल्याण्डको युनाइटेड प्यासन भलिबल क्लब र पुरुषतर्फ श्रीलंकन आर्मी भलिबल टिम सहभागी छन् ।

त्यसबाहेक महिलातर्फ सहभागी हुनेमा एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, पुलिस, आर्मी र एपिएफ छन् ।
पुरुषतर्फ गण्डकी र महिलातर्फ आयोजक टोलीमा समान ३ विदेशी खेलाडी समावेश गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभागीयबाहेक अन्य टोलीले पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउने भएकाले प्रतियोगिता झनै रोमाञ्चक हुने विश्वास लिएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

पाँचौं संस्करणको दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो टोलीले समान २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने संयोजक ज्ञवालीले जानकारी दिए ।

प्रतियोगितालाई डिजिटल प्रविधिमैत्री बनाउँदै एलईडी स्क्रिन डिजिटल बोर्डको व्यवस्था गरिएको ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बताए ।

प्रतियोगिताबाट बचत भएको रकम विगतमा जस्तै स्वास्थ्य, खेलकुद, शिक्षा, सामाजिक क्षेत्रमा खर्च गर्ने आयोजकको तयारी छ । प्रतियोगिताका लागि प्यारापिट, कोर्ट बनाउने काम भइरहेको अध्यक्ष शर्माले बताए ।

सिट क्षमता बढाइने
टाइगर कप भलिबलमा दर्शक क्षमता बढाइने भएको छ । यसअघि दर्शकको चाप धेरै हुने गरेकाले यसपाली दर्शक क्षमता बढाइने प्रतियोगिताको संयोजक ज्ञवालीले जानकारी दिए ।

अघिल्ला संरकणमा दर्शकको चापलाई मध्यनजर गर्दै दर्शक क्षमता बढाइएको उनको भनाइ छ ।
यस संस्करणमा अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरिएको छ ।

खेल हेर्नका लागि इसेवामार्फत अनलाइनबाट काट्न सकिनेछ । ‘यसपाली अनलाइनबाटै टिकट काट्ने व्यवस्था गरेका छौं । यदि काटेर पनि सिट नहुने स्थिति नबनोस् भनेर अनलाइनबाट टिकट काट्नेका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ,’ उनले भने ।

प्रतियोगितामा टिकट काटी प्रवेश गर्ने दर्शकमध्येबाट गोलाप्रथाबाट एकजनालाई एउटा टिसर्ट र फाइलनमा एकजनालाई एउटा सामसुङ मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

Success

Thank you for your time.