9 years ago
February 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तेन्जिङ छिरिङले सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन पनि आफ्नो अग्रतालाई कायम राखेका छन् । तेन्जिङले दोस्रो दिन मंगलबारको खेल समाप्त हुँदा ६ स्ट्रोक्सको अग्रता बनाएका छन् । राष्ट्रिय टोलीका सदस्य समेत रहेका तेन्जिङले दोस्रो दिन २ अन्डर ७० को प्रदर्शन गरे ।

सूर्य नेपाल गल्फ टुर २०१६/०१७ अन्तर्गतको चौथो प्रतियोगितामा दुई दिनमा तेन्जिङको प्रदर्शन ८ अन्डर १ सय ४४ को रहेको छ । गोकर्ण गल्फ क्लबमा दोस्रो दिन इभन पार ७२ को कार्ड बनाएका सञ्जय लामा दोस्रो स्थानमा छन् । दुई दिनमा उनले २ अन्डर १ सय ४२ को प्रदर्शन गरेका छन् ।
इभन पार १ सय ४४ को कार्ड बनाउँदै रवि खड्का तेस्रो स्थानमा छन् । बुधबार उनले एक ओभर ७३ को कार्ड बनाएका छन् । इभन पार ७२ को कार्ड बनाएका नेपालका नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठ चौथो स्थानमा छन् । दुई दिनमा उनले १ ओभर १ सय ४५ को कार्ड बनाएका छन् । ४ ओभर ७६ को कार्ड बनाएका भूवन नगरकोटी (२ ओभर १ सय ४६) पाँचौं स्थानमा छन् ।
धनबहादुर थापाले दोस्रो दिन १ ओभर ७३ को प्रदर्शन गर्दा दुई दिनमा उनको कार्ड ४ ओभर १ सय ४८ रहेको छ । दीपक आचार्य सातौं स्थानमा छन् । बुधबार ३ ओभर ७५ को कार्ड बनाएका दीपकले समग्रमा ५ ओभर १ सय ४९ को प्रदर्शन गरेका छन् । बलभद्र राईले ६ ओभर १ सय ५० को प्रदर्शन गरे । उनले बुधबार ५ ओभर ७७ को कार्ड बनाएका थिए ।
एमेच्योर टंकबहादुर कार्की र जयराम श्रेष्ठ पनि शीर्ष १० भित्र रहेका छन् । टंक र जयरामले ७ ओभर १ सय ५१ को कार्ड बनाएका छन् । दुवैले दोस्रो दिन ४ ओभर ७६ को प्रदर्शन गरे ।
फ्रन्ट नाइनमा २ अन्डर ३४ को प्रदर्शन गर्ने क्रममा तेन्जिङले पहिलो होलमा बर्डिबाट सुरु गरेका थिए । उनले पाँचौं र सातौंमा पनि बर्डि गरे । तर उनले पार ३ को आठौं होलमा बोगी खेपे । ब्याक नाइनमा ११ औं र १७ औं होलमा बर्डि गरेपनि उनले १४ औं र १५ होलमा बोगी खेपे । जसका कारण ब्याक नाइनमा उनको प्रदर्शन इभन पार ३६ को रह्यो ।
सञ्जयले फ्रन्ट र ब्याक नाइन दुवैमा इभन पार ३६ को कार्ड बनाए । फ्रन्ट नाइमका छैटौं होलमा पार गर्नबाट चुकेका उनले सातौं होलमा बर्डि गरेका थिए । त्यस्तै ब्याक नाइनमा ११ औं र १२ होलमा बर्डि गरेपछि सञ्जयले १४ औं र १७ औं होलमा बोगी खेपे ।
रविले दिनको सुरुआत बर्डि बाट गरेपनि दोस्रो होलमै उनले बोगी सामना गरे । त्यतिमा उनको खराब प्रदर्शन रोकिएन । फ्रन्ट नाइनमा ३ ओभर ३९ को कार्ड बनाएका उनले पाँचौं, छैटौं र सातौं हालमा पनि बोगी खेपे । ब्याक नाइनमा भने उनले प्रदर्शनमा सुधार गरे । ११ औं र १४ औं होलमा बर्डि गरेका उनले २ अन्डर ३४ को कार्ड बनाए ।
शिवरामले फ्रन्ट र ब्याक नाइन दुवैमा इभन पार ३६ को प्रदर्शन गरे । फ्रन्ट नाइनको दोस्रो, पाँचौं र छैटौंमा बर्डि गरेपनि उनले पहिलो, सातौं र आठौं होलमा बोगी खेपरेका थिए । ब्याक नाइमा भने उनले १५ औं होलमा बर्डि गर्नुअघि १४ औं होलमा बोगी खेपेका थिए ।
दुई दिनको खेलपछि २१ व्यसायिक र ६ एमेच्योर खेलाडीले कट बनाएका छन् । अन्तिम ३६ होलमा शीर्ष १० बाहेक रामे थापा, पशुपति शर्मा, यलम्बर सिंह अधिकारी, सूर्यप्रसाद शर्मा, पूर्णप्रसाद शर्मा, दीपक मगर, ध्रुब केसी, सिबी भण्डारीले प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै कृष्णमान राजवहाक, प्रदीपकुमार लामा, रामकृष्ण श्रेष्ठ, कुमार कार्की र शिवकुमार पौडेलले पनि अन्तिम दुई दिनको खेलमा प्रतिस्पर्धा गर्नेछन् । टंक र जयरामबाहेक कट बनाउने एमेच्योरमा तासी घले, पृथ्वी मल्ल, मिथुन राई र शुक्रबहादुर राई छन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]