10 months ago
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर ब्यान्डिट्स केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को प्ले अफमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रवार भएको दिनको पहिलो खेलमा हिमालयन रेइडर्सलाई ३४–३० ले पराजित गर्दै विराटनगरले अघिल्लो चरणको यात्रा पक्का गरेको हो।
योसँगै प्ले–अफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ। काठमान्डु माभरिक्स र जनकपुर नाइट्स एक खेल अगावै प्ले अफमा पुगिसकेका छन्। अब एक टोलीले प्ले अफमा स्थान बनाउने छन्।

हिमालयनविरुद्ध रेडमा विराटनगरले १८, ट्याकलबाट आठ, दुई अलआउटबाट चार र बोनसबाट चार अंक जोडेको हो। हिमालयनले भने रेडबाट १४, ट्याकलबाट नौ, एक अलआउटबाट दुई र बोनसबाट पाँच अंक जोड्यो।
पहिलो हाफमा विराटनगरले तीन अंकको अग्रता लिँदै हिमालयनलाई दबाबमा राखेको थियो। त्यो अग्रता अन्तिमसम्म पनि कायम राख्दै विराटनगर तेस्रो जित निकाल्न सफल भएको हो।
जनकपुर शतप्रतिशत जितसहित २० अंक जोडेर शीर्ष स्थानमा छ। काठमान्डु र विराटनरको समान १६ अंक छ। तेस्रो हार बेहोरेको हिमालयन ४ खेलबाट ६ अंक बटुल्दै पाँचौं स्थानमा छ।
पहिलो हाफमा विराटनगरले रेडबाट १०, ट्याकलबाट दुई, एक अलआउटबाट दुई र बोनसबाट चार पोइन्ट जोडेको थियो। हिमालयनले भने रेडबाट १५, रेडबाट नौ, ट्याकलबाट तीन, एक अलआउटबाट २ र बोनसबाट १ अंक मात्रै बटुल्न सक्यो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]