11 months ago
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जनकपुर नाइट्स केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को क्वालिफायरमा पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रवार भएको दोस्रो तथा अन्तिम खेलमा काठमाडौं माभरिक्ससँग ३९-३९ को बराबरीमा खेल्दै जनकपुरले पहिलो क्वालिफायरमा पुगेको छ।
जनकपुर क्वालिफायरमा पुग्ने पहिलो टोली बनेको छ।
बराबरीसँगै दुवै टोलीले समान ३ अंक जोडे।
जारी एनकेएलमा जनकपुरले ५ खेलमा ४ जित र १ बराबरीसहित २३ अंक बनाएको छ। जनकपुरसँग बराबरी खेलेको काठमाडौं भने समान खेलबाट १९ अंकसहित दोस्रो स्थानमा छ।
काठमाडौंले पहिलो क्वालिफायरमा स्थान बनाउन विराटनगर नाइट्सको नतिजामा भर पर्नुपर्ने छ।
विराटनगर केबिएलको प्ले अफमा
त्यसअघि विराटनगर ब्यान्डिट्स एनकेएलको प्ले अफमा प्रवेश गरेको छ।
शुक्रवार भएको दिनको पहिलो खेलमा हिमालयन रेइडर्सलाई ३४–३० ले पराजित गर्दै विराटनगरले अघिल्लो चरणको यात्रा पक्का गरेको हो।
हिमालयनविरुद्ध रेडमा विराटनगरले १८, ट्याकलबाट आठ, दुई अलआउटबाट चार र बोनसबाट चार अंक जोडेको हो। हिमालयनले भने रेडबाट १४, ट्याकलबाट नौ, एक अलआउटबाट दुई र बोनसबाट पाँच अंक जोड्यो।

पहिलो हाफमा विराटनगरले तीन अंकको अग्रता लिँदै हिमालयनलाई दबाबमा राखेको थियो। त्यो अग्रता अन्तिमसम्म पनि कायम राख्दै विराटनगर तेस्रो जित निकाल्न सफल भएको हो।
जनकपुर शतप्रतिशत जितसहित २० अंक जोडेर शीर्ष स्थानमा छ। काठमान्डु र विराटनरको समान १६ अंक छ। तेस्रो हार बेहोरेको हिमालयन ४ खेलबाट ६ अंक बटुल्दै पाँचौं स्थानमा छ।
पहिलो हाफमा विराटनगरले रेडबाट १०, ट्याकलबाट दुई, एक अलआउटबाट दुई र बोनसबाट चार पोइन्ट जोडेको थियो। हिमालयनले भने रेडबाट १५, रेडबाट नौ, ट्याकलबाट तीन, एक अलआउटबाट २ र बोनसबाट १ अंक मात्रै बटुल्न सक्यो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]