10 months ago
January 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिट्सले पहिलो क्वालिफायरमा स्थान बनाएको छ।
लिग चरणको अन्तिम खेलमा शनिवार प्ले अफमा पुगिसकेको विराटनगरले पोखरा लेकर्सलाई ५०-२५ को सहज नतिजामा हरायो।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा विराटनगरले पोखरालाई कुनै पनि मौका दिएन। पहिलो हाफमा २१-१२ को अग्रता बनायो। दोस्रो हाफमा पनि यही लयलाई निरन्तरता दिंदा विराटनगरले बिना दबाब खेल जित्यो।
पोखराले कुल २५ स्कोर गर्दा विराटनगरले टचबाट मात्रै २१ स्कोर गर्यो। तीन पटक अल आउटको सफलता विराटनगरले हात पार्यो। १७ स्कोर ट्याकलबाट र ६ स्कोर बोनसबाट निकाल्यो।
पराजित पोखराले टचबाट १४ बोनसबाट ६ र ट्याकलबाट ५ स्कोर मात्र बनायो। योसँगै पोखराले एक खेल पनि जित्न सकेन। ४ अंकका साथ यो सिजन पुरा गर्दै लिगबाट बाहिरियो।
विराटनगरको भने यो चौथो जित हो। उसले कुल २१ अंक बनाएर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।
पहिलो क्वालिफायरमा विराटनगरले जनकपुर नाइट्ससँग माघ १४ गते खेल्नेछ। जनकपुर २३ अंक सहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको हो।
जनकपुर अपराजित एक मात्र टोली हो। उसले लिग चरणमा ४ खेल जित्दा काठमाडौंसँग बराबरी खेलेको थियो। लिग चरणमा भने जनकपुरले विराटनगरलाई ४०-३८ ले हराएको थियो।
पहिलो इलिमेनेटरमा धनगढी वाइल्ड क्याट्स र हिमालयन रेडर्सबीच खेल हुनेछ। धनगढी २ जित सहित ११ अंकका साथ तेस्रो स्थानमा रहेर प्ले अफमा पुगेको हो। हिमालयनले भने लिगमा मात्र एक खेल जितेको थियो। ७ अंक सहित चौथो स्थानमा रहँदै प्ले अफमा स्थान बनाएको हो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]