10 months ago
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जनकपुर नाइट्स अपराजित रहँदै केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा प्रवेश गरेको छ।
विराटनगर सोमवार ब्यान्डिट्सलाई ३४-३२ को झिनो अन्तरमा हराउँदै जनकपुर फाइनलमा पुग्ने पहिलो टोली बन्यो।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको पहिलो क्वालिफायर नाटकीय बन्यो। पहिलो हाफमा जनकपुरले एकपक्षीय दबाब बनायो।
२३-१२ को अग्रता बनाउने क्रममा जनकपुरले विराटनगरलाई दुई पटक अल आउटको सफलता प्राप्त गर्यो। विराटनगर स्कपर जिड्न संघर्षरत थियो। उसले पहिलो हाफमा बोनसबाट ६ तथा टच र ट्याकलबाट ३/३ स्कोर गर्यो। जनकपुरले टचबाट मात्र १२ स्कोर गरेको थियो।
पहिलो हाफमा ११ स्कोरको अग्रता बनाएको जनकपुरले दोस्रो हाफमा यो लयलाई निरन्तरता दिन सकेन। विराटनगरले जनकपुरलाई कडा चुनौती दिंदै खेललाई २६-२३ सम्म पुर्यायो। यो क्रममा एक पटक विराटनगरले जनकपुरलाई एक पटक अल आउट पनि गर्यो।
दोस्रो हाफको नौ मिनेट सकिंदा जनकपुरले मात्र ३ स्कोर गर्यो। विराटनगरले भने ११ स्कोर जोड्यो। खेल प्रतिस्पर्धात्मक बन्यो। ३०-२९ सम्म विराटनगरले खेललाई पुर्याए पनि जित दर्ज गर्न सकेन। ३४-३२ ले खेल जनकपुरले जित्यो।
जनकपुरको लागि च्याफोन कामुन्नरले ११ स्कोरको योगदान दिए। नाफोदिन पोन्टाइसङले सर्वाधिक १९ स्कोर गरे। तर पनि विराटनगरलाई जित दिलाउन सकेनन्।
जनकपुरलर जारी लिगमा विराटनगरलाई हराएको यो दोस्रो पटक हो। लिग चरणमा भने जनकपुरले विराटनगरलाई ४०-३८ ले हराएको थियो।
यसअघि जनकपुर २३ अंक सहित लिग चरणमा शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको हो। जनकपुर अपराजित एक मात्र टोली हो। उसले लिग चरणमा ४ खेल जित्दा काठमाडौंसँग बराबरी खेलेको थियो।
अब विराटनगरले धनगढी वाइल्ड क्याट्स र हिमालयन रेडर्सबीचको खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]