10 months ago
February 20, 2025
नुवाकोट ( हाम्रो खेलकुद)- भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।
नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको
प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन्।
बिहीवार अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहाल संग बाध्यतात्मक बराबरी खेलेका थिए । धिरेनले पुरुषोत्तम चौलागाईं माथि जित दर्ता गरे।
नुवाकोटमा ७ चरणको खेलवाट एफएम क्षितिज भण्डारीले ५.५ अंक उच्च ३० बुकोज्ल्स् प्वाइन्टका आधारमा तेस्रो भए ।
सिएम शुश्रुत दहालले अन्तिम चरणको खेलमा जित हासिल गर्न असमर्थ हुदा उपाधिबाट विमुख हुनुपर्यो । शुश्रुत ५.५ अंक बनाउदै २९.५ बुकोल्ज्स् चौथो भए। भारतका विनायक सिं यादव २५ बुकोल्ज्स् प्वाइन्ट प्राप्त गर्दै पाँचौं स्थानमा रहे ।
यस्तै नेपालका युवा पुरुषोत्तम सिलवाल, भारतका मोहित कुमार सोनि, एफएम रुपेश जैसवाल, सुशील चौधरी र बद्रीलाल नेपाली समान ५ अंक जोडेर पाँचौ देखि दशौं स्थानमा रहन सफल भएका छन्।
स्थानीय तर्फ नुवाकोटका प्रकाश जोशीले ४ प्वाइन्ट बुकोल्ज्स् २१.५ अंक जोडेर प्रथम स्थान हासिल गरेका छन्। समान अंक चारमा सक्सेस श्रेष्ठले २०.५ बुकोल्ज्स् प्राप्त गरेका छन्। यस्तै समान ४ अंकमा शंकर प्रसाद घिमिरे तेस्रो, शिव श्रेष्ठ चौथो र सुरज लामा पाँचौ स्थानमा रहे।
महिला तर्फ नेपाली विनिता कपाली प्रथम , सिन्दिरा जोशी दोश्रो र भारतका वैष्णवी प्रकाशले तेस्रो स्थान हासिल गरेका छन्।
खेलमा ७४ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागी रहेको प्रतियोगितामा अनरेटेड तर्फ सुमित जोशी, नवीन वैद्य, अमित कुमार यादव क्रमशः शीर्ष तिन स्थानमा आएका छन्।
सिनियर खेलाडी तर्फ नवीन तण्डुकार, मोहन सिं प्रधान, बसन्त श्रेष्ठ शीर्ष तिन , इलो १८ सय प्रेम खड्का, अर्मान सिद्दिकि, सुशील सुवेदी, इलो १६ सयमा विनोद तिमल्सिना, साहिद हुसेन, राजकुमार राई शीर्ष तिनमा छन्।
युवा १८ वर्षमा महाज इकबाल, आभाष कुमार श्रेष्ठ, सात्विक मान तुलाधर शीर्ष तिन , अन्डर युवा १६ प्रखर त्रिपाठी, प्रविण केसि, शाश्वत श्रेष्ठ शीर्ष तिनमा रहन सफल भएका छन्।
समापन नगरपालिकाका मेयर राजन श्रेष्ठले विजेता खेलाडीलाई २ लाख ३७ हजार रुपैयाँ वितरण गरेका छन्।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]